― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला


राष्ट्रिय

समाचार.

  • डा. अनुप बास्तोलालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त गरिएको छ।

८ माघ, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् । डा.बास्तोलालाई टेकु अस्पताल पठाउने निर्णय केही दिनअघि नै गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयमा तानेर फाजिलमा राखिएका बास्तोलालाई अनुभव अनुसारको जिम्मेवारी दिएर टेकु पठाइएको मन्त्री शर्माले बताइन् ।

‘लामो समय टेकु अस्पतालमा काम गरेर अनुभव बटुल्नुभएको डा.अनुपलाई मन्त्रालयमा ल्याएर फाजिलमा राखिएको थियो । हामीले उहाँलाई अनुभव अनुसारको जिम्मेवारी दिएर पठाएका छौँ’ मन्त्री शर्माले भनिन् ।

यसअघि यस अस्पतालको निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो । डा.बसौलाको सरुवा भएपछि रिक्त रहेको निर्देशक पदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.बास्तोलालाई नियुक्त गरेको हो ।

लामो समय टेकु अस्पतालमै काम गरेको डा.बस्तोलाले कोराना कालमा बिरामीको उपचारमा अग्रपंतिमा खटिएर चर्चा कमाएका थिए । यससँगै २०७८ असारमा उनले अस्पताल निर्देशकको जिम्मेवारी समेत पाएका थिए ।

सरकार परिवर्तन भएपछि उनलाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको थियो ।

त्यसपछि स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाको निर्देशकको जिम्मेवारी पाएका उनलाई गतवर्ष स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको थियो ।





Read More