― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsशंकर पोखरेल – KhabarHost

शंकर पोखरेल – KhabarHost



२९ मंसिर, काठमाडौं । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौतीपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन् ।

सोमबार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतीहरू चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गरे ।

‘हामी पार्टीको महाधिवेशन समय अगावै सम्पन्न गर्नेगरी लागिरहेका छौं । अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण छ । त्यसलाई सामना गर्नको लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा हामी अघि बढ्न खोजिरहेका छौँ । त्यसका लागि मैले पार्टीको महासचिवमा दोहोरिने फैसला गरेको छु । यसअर्थमा यसलाई स्वभाविक अर्थमा लिनुपर्दछ । गर्न बाँकी काम आन्दोलनको विषय हो कुनै व्यक्तिको विषय होइन,’ उनले भने ।

उनले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरू सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरू चल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

‘आन्दोलनले के कुराको माग गर्दछ ? कसरी अगाडि बढ्नुपर्दछ भन्ने आधारमा पार्टीले दिएका फैसलाहरूलाई कार्यकर्ताहरूले कार्यान्वयन गर्ने गर्दछौँ । यतिबेला हामी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्ने संकल्प गरेका छौँ । र उहाँको टिमलाई बलियो बनाउने सन्दर्भमा कसले कहाँ भूमिका खेल्नुपर्दछ भन्ने भुमिकाका आधारमा हामी अगाडि बढ्न खोजेका छौं,’ उनले भने ।

उनले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीहरू सामना गर्ने संकल्प समेत आफूहरूले गरेको बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More