― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsविशेष महाधिवेशनमा उपस्थित हुन ललितपुर कांग्रेसको अनुरोध

विशेष महाधिवेशनमा उपस्थित हुन ललितपुर कांग्रेसको अनुरोध



२४ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुरले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ ।

जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर प्रतिनिधिहरूलाई २७–२८ पुसका लागि तय भएको विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेका हुन् ।

ललितपुर कांग्रेसले विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोहका लागि २७ पुसको बिहान ११ बजे कुपण्डोलको हनुमानस्थानमा भेला भएर बाजागाजा, झाँकीसहितको र्‍याली भृकुटीमण्डपतर्फ जाने कार्यक्रम तय गरेको छ ।

सभापति श्रेष्ठले उक्त झाँकीसहितको र्‍यालीमा सहभागी हुन कांग्रेसको सम्पूर्ण तहका नेता–कार्यकर्ताहरूलाई भनेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More