― Advertisement ―

एक चिनियाँ एआईले एक दशक पुरानो गणितको समस्यालाई शून्य मानव सहयोगमा ८० घण्टामा हल गरेर प्रमाणित गरेको छ ।

एआईसँगको स्वचालित समाधान 2014Rethlas ले मानव गणितज्ञले जस्तै समस्या समाधान गर्ने रणनीतिहरू अन्वेषण गर्दछArchon ले सम्भावित प्रमाणहरूलाई लीन 4 प्रमाणिकरणकर्ताका लागि परियोजनाहरूमा रूपान्तरण गर्दछपेकिङ...
HomeLatest newsथाइल्यान्ड र क्याम्बोडियाबीच ३ सातापछि शान्ति सम्झौता

थाइल्यान्ड र क्याम्बोडियाबीच ३ सातापछि शान्ति सम्झौता


राष्ट्रिय

समाचार.

  • थाइल्यान्ड र क्याम्बोडियाले सीमा द्वन्द्वका लागि तत्काल युद्धविराम गर्न सहमति जनाएका छन्।
  • तीन साताभित्र कम्तीमा ४७ जनाको मृत्यु र एक लाखभन्दा बढी विस्थापित भएका छन्।
  • सहमति अनुसार दुवै पक्षले हतियार प्रयोग रोक्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई घर फर्कन अनुमति दिने व्यवस्था लागू गर्नेछन्।

१२ पुस, फ्नोम पेन्ह । थाइल्यान्ड र क्याम्बोडियाले जारी द्वन्द्वका लागि तत्काल युद्धविराम गर्न सहमति जनाएका छन् ।

दुवै देशले शनिबार केही सातादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यस क्रममा तीन साताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागू गरिनेछ ।

साथै, साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका छन् । यो युद्धविराम तीन दिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए ।

विवाद पुरानो उपनिवेशकालीन सिमाङ्कनको कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ ।

थाइल्यान्डका प्रधानमन्त्रीले यसलाई अन्तिम सहमति बनाउन आग्रह गर्दै शान्ति कायम गर्ने र नागरिकलाई घर फर्काउन सहयोग गर्ने बताएका छन् ।

थाइल्यान्डमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुने तय भएको छ ।

(रासस/एएफपी) ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More