― Advertisement ―

तपाईंको IT हेल्पडेस्कले LinkedIn डाटा प्रयोग गरेर तपाईंको मालिक भएको बहाना गर्ने मानिसहरूबाट अनौठो कलहरू प्राप्त गरिरहेको छ।

अहिले नै आक्रमणकारीलाई मद्दत गर्नका लागि फोन पठाउन मद्दत गर्नुहोस्। नेटवर्कहरूइमपोस्टरहरूले MFA सेटिङहरू रिसेट गर्न समर्थन टोलीहरूलाई हेरफेर गर्न कार्यकारीको रूपमा प्रस्तुत गर्छन्LinkedIn बाट...
HomeLatest newsवडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को टिम च्याम्पियन

वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को टिम च्याम्पियन


राष्ट्रिय

समाचार.

  • काठमाडौंको जयबागेश्‍वरीमा भएको वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ।
  • प्रतियोगितामा १३ स्पर्धामा २ सय १० खेलाडीले भाग लिए र शीर्ष तीनले नगद पुरस्कार पाए।
  • विजेतालाई नेपाली कांग्रेस क्षेत्र नं. ४ का अध्यक्ष श्यामकृष्ण संगत र वडा अध्यक्ष आशामान संगतले पुरस्कृत गरे।

३ माघ, काठमाडौं । काठमाडौंको जयबागेश्‍वरीमा भएको वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङ टिम च्याम्पियन बने छ । ३ स्वर्ण, २ रजत र २ कांस्यसहित ढल्को टिम च्याम्पियन बनेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्णसाथ लायन मार्सल आर्ट दोस्रो भयो । तेस्रो स्थानको दीलिप स्मृति तेक्वान्दो डोजाङले १ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

विजेतालाई नेपाली कांग्रेस क्षेत्र नं. ४ का अध्यक्ष श्यामकृष्ण संगत, वडा ८ का अध्यक्ष आशामान संगत, वडा सदस्य सरस्वती राजभण्डारी र शेखर देउलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् ।

जयबागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा भएको प्रतियोगितामा विभिन्न १३ स्पर्धामा २ सय १० खेलाडी प्रतिस्पर्धा गरेका थिए ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More