― Advertisement ―

HomeLatest newsल्याण्डफिल्ड साइट प्रभावित बञ्चरेवासी आन्दोलित – KhabarHost

ल्याण्डफिल्ड साइट प्रभावित बञ्चरेवासी आन्दोलित – KhabarHost



१२ कात्तिक, काठमाडौं । नुवाकोटको धुनिवेशी नगरपालिका–१ स्थित बञ्चरे कुंडुले ल्यान्डफिल साइटबाट प्रभावित स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

फोहोरमैला व्यवस्थापनको लागि दिर्घकालीन समाधानको खोजी नगरेकोभन्दै उनीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

फोहोरमैला व्यवस्थापनको दिगो समाधान हुने प्रत्याभूति नहुँदासम्म फोहोरमैला विसर्जन गर्न नपाउने गरी शान्तिपूर्ण आन्दोलन सुरू गरिएको स्थानीयले जानकारी दिएका छन् ।

‘आजदेखि फोहोर बन्द छ । कतिपय गाडीहरू हामीले फिर्ता पठाएका छौँ,’ स्थानीय निराजन सन्जेलले अनलाइनखबरसँग भने ।

उनले काठमाडौं महानगरपालिका र संघीय सरकारले धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकालाई छलफलका नबोलाए बिहीबारदेखि आन्दोलनको स्वरूप परिवर्तन हुने पनि बताए ।

‘स्थानीय पीडितको माग सम्बोधन गर्न चाहनुभएको हो भने दुवै पालिकालाई तत्काल छलफलमा बोलाउनुप¥यो,’ सञ्जेलले भने, ‘छलफलले राम्रो वातावरण सिर्जना ग¥यो भने फोहोर खोलिन पनि सक्छ । भएन भने भोलिदेखि आन्दोलनको स्वरूप फेरिन पनि सक्छ । आज शान्तिपूर्ण छ ।’

उनले संघीय सरकार र काठमाडौं महानगरले स्थानीय वासिन्दामाथि हेपाहा प्रवृत्ति देखाइरहेको पनि आरोप लगाए ।

‘छलफलका लागि बोलाउनुपर्ने ठाउँमा उल्टो सामान्य कर्मचारीहरूलाई खबर पठाइराख्नुभएको छ । तपाईंहरूको माग के रे ? के गर्नुपर्ने रे ? यो रे, त्यो रे भनेर हेपाहा प्रवृत्ति देखाइरहनुभएको छ,’ सन्जेलले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More