― Advertisement ―

के संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा VPN प्रयोग गर्न कानूनी छ? विश्व कप यात्रीहरूले के जान्न आवश्यक छ

The २०२६ FIFA विश्वकप तीन देशमा फैलिएको छ, जसले अमेरिका, क्यानडा र मेक्सिकोको सीमानामा लाखौं फ्यानहरू तानेको छ। यात्रुहरू न्यूयोर्क, भ्यानकुभर र मेक्सिको सिटी...
HomeLatest newsदमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते – KhabarHost

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते – KhabarHost



१२ कात्तिक, भद्रपुर (झापा) । दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





Read More