― Advertisement ―

‘एजेन्टहरूको नयाँ श्रेणी’: माइक्रोसफ्टले स्काउटलाई प्रकट गर्दछ, यसको पहिलो “अटोपायलट”, जसले तपाइँ कसरी राम्रोको लागि काम गर्नुहुन्छ परिवर्तन गर्न चाहन्छ।

माइक्रोसफ्टको अर्को पुस्ताको Autopilot एजेन्टहरूअटोपाइलटहरूले पृष्ठभूमिमा काम गर्नेछन्, तपाईंको तर्फबाट कार्यहरू पूरा गर्नेछन्Microsoft Scout पहिलो Autopilot हो, तपाईंको Microsoft 365 एपहरूमा लिङ्क गर्दैhttps://techradar.com>https://techradar. Autopilots...
HomeLatest newsलुम्बिनीमा एनपीएलको ट्रफी टुर सुरु – KhabarHost

लुम्बिनीमा एनपीएलको ट्रफी टुर सुरु – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गरेको छ।
  • टुरले लुम्बिनी र बाँकेका विभिन्न स्थानमा स्थानीय समर्थकसँग भेटघाट गर्ने र क्रिकेट उत्साह बाँड्ने उद्देश्य राखेको छ।
  • एनपीएल दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ र लुम्बिनीले विदेशी खेलाडी डार्शी शर्ट र थोमस ड्राकालाई अनुबन्ध गरेको छ।

१५ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गरेको छ।

आज र भोलि सञ्चालन हुने टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने रहेको बताइएको छ।

यो दुई दिन लामो टुरमा लायन्सले लुम्बिनी र बाँकेका प्रमुख शहर र सांस्कृतिक स्थलहरू भ्रमण गर्नेछन्। टिमले यस यात्रामार्फत स्थानीय समुदायसँग नजिकको सम्बन्ध बनाउने र क्षेत्रीय गौरव प्रकट गर्ने जनाएको छ।

पहिलो दिन शनिबार बिहान भैरहवा विमानस्थलबाट सुरु भएको टुर माया देवी मन्दिर, सिद्धार्थ रंगशाल, बेलहिया सुनौली, बुद्ध चौक, स्टार क्रिकेट एकेडेमी, मणिग्राम, कालिका नगर, मिलन चौक, ट्राफिक चौक, गोल पार्क र सिद्ध बाबा लगायत स्थानहरू भ्रमण गर्ने तय छ।

दोस्रो दिन बिहान ७:०० बजे बेल्बासबाट सुरु हुने टुरले बाँकेसम्मको यात्रा तय गर्नेछ। सो दिन टिमले लमही, घोराही, भालुबाङ, तुल्सीपुर, कोहलपुर र नेपालगञ्जको बगैश्वरी मन्दिरलगायत स्थानहरूमा पुग्नेछ।

लुम्बिनी लायन्सले यो केवल ट्रफीको यात्रा मात्र नभएर लुम्बिनीको गौरव र नेपाली क्रिकेटको उत्सव भएको जनाएको छ ।

लुम्बिनीले दोस्रो सिजनका लागि अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।

गत सिजनका मार्की तथा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा विश लिस्टबाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गरेको छ ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More