― Advertisement ―

र्याम संकटले भर्खरै नथिंगको अर्को बजेट फोनलाई मारेको छ – CMF फोन 3 प्रो सह-संस्थापकको रूपमा खारेज गरियो ‘हामी यस्तो फोन बनाउन सक्दैनौं जुन...

एउटा नयाँ फोनले घोषणा गरेको छ ex'F CM ले केही पनि नहोस् भनेर घोषणा गरेको छ। वर्षउनीहरू भनिरहेका छन् कि चलिरहेको RAM संकट दोषी...
HomeLatest newsललितपुरमा भारतीय इन्जिनियरको हत्या, डेढ महिनासम्म रहस्यमै घटना

ललितपुरमा भारतीय इन्जिनियरको हत्या, डेढ महिनासम्म रहस्यमै घटना


राष्ट्रिय

समाचार.

  • ललितपुर महानरपालिका–२४ धापाखेलमा डेढ महिनाअघि भारतीय इन्जिनियर देव कुमारको हत्या भएको खुलेको छ।
  • हत्या निर्माणाधीन कोलोनीको बाथरुममा हातखुट्टा र मुख बाँधेर टाउकामा धारिलो हतियारले प्रहार गरी गरिएको थियो।
  • जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनामा संलग्नको खोजी गर्दै अनुसन्धान गरिरहेका छन्।

३ पुस, काठमाडौं । ललितपुर महानरपालिका–२४ धापाखेलमा एक भारतीय इन्जिनियरको हत्या भएको खुलेको छ ।

डेढ महिनाअघि नै (१९ कात्तिक)मा भारतीय इन्जिनियर ४६ वर्षीय देव कुमारको हत्या भएको खुलेको हो । हत्या भएको डेढ महिना बित्दा घटना भने अझै रहस्यमै छ । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । हत्याको कारण पनि खुल्न सकेको छैन ।

प्रहरी अधिकारीहरू भने घटनाबारे अनुसन्धान भइरहेको बताउँदै औपचारिक रुपमा केही बोल्न चाहँदैनन् । धापाखेलमा निर्माणाधीन कोलोनीमा हत्या भएको हो । उनी चौधरी ग्रुपले ‍बनाउँदै गरेको उक्त कोलोनीको डिजाइनका लागि नेपाल आएका थिए । उनको हत्या दर्दनाक तरिकाले भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

निर्माणधीन कोलोनीको बाथरुममा उनको हत्या भएको हो । हातखुट्टा बाँधेको र मुख समेत कपडाले बाँधेको अवस्थामा शव भेटिएको थियो ।

हातखुट्टा र मुख बाँधेर धारिलो हतियारले टाउकामा प्रहार गरेर हत्या गरिएको अवस्थमा शव प्रहरीले फेला पारेको थियो ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरदेखि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत अनुसन्धान गरिरहेका छन् ।

प्रहरीले घटनामा सोही कोलोनीमा कार्यरत कामदारहरूमाथि निगरानी बढाइएको बताएको छ । प्रहरीले हत्या सामूहिक रुपमा आक्रमण गरेर भएको वा कसरी भएको हो भन्ने नखुलेको र अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।





Read More