― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsलन्डनमा जारी पर्यटन कुम्भमेलामा नेपालले बाँड्दैछ सकारात्मक सन्देश

लन्डनमा जारी पर्यटन कुम्भमेलामा नेपालले बाँड्दैछ सकारात्मक सन्देश



१९ कात्तिक, लन्डन । लन्डनमा जारी पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालले सहभागिता जनाएको छ ।

लन्डन एक्सेलमा ४ नोभेम्बर मंगलबारदेखि तीन दिनसम्म चल्ने विश्वकै प्रभावशाली उक्त पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ ।

मेलामा नेपालबाट होटल, ट्राभल एण्ड टुर, एयरलाइन्स र एक्सपिडिसन सेल्स कम्पनी गरी ३० वटा कम्पनीले सहभागिता जनाइरहेका जोशीले जानकारी दिए ।

जेनजी आन्दोलनपछि नेपालको पर्यटन क्षेत्रसमेत प्रभावित भइरहँदा मेलामार्फत नेपाल अब सामान्य भइसक्यो र घुम्न सुरक्षित छ भन्ने सन्देश दिइएको बोर्ड सीईओ जोशीले अनलाइनखबरलाई बताए । युरोपियन कम्युनिटीमा नेपालको आन्दोलनबारे ‘नोटिस’ नै नभएको आफूले पाएको पनि उनले बताए ।

सन् १९८० देखि शुरु वर्ल्ड ट्राभल मार्ट लन्डन आइटिबी बर्लिनपछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला मानिन्छ । यो दशकौंदेखि ग्लोवल ट्राभल एण्ड टुरिजमको प्रभावशाली इभेन्ट समेत बनेको छ ।

लन्डनस्थित नेपाली दूतावासले नेपालबाट आएको प्रतिनिधिमण्डललाई स्थानीय तहमा सहजीकरणको काम गरेको कार्यवाहक राजदूत विपिन दुवाडीले जनाए ।

यस मेलामा नेपालको सहभागिता लामो समयदेखि निरन्तर छ । नेपाल पर्यटन बोर्ड स्थापना भएयता २७ वर्षदेखि निरन्तर सहभागिता रहेको जोशीले बताए । सन् २०२३ मा भने बोर्डको आन्तरिक समस्याका कारण सहभागिता हुन सकेन ।

अहिले डब्लुटिएम लन्डनले २.८ बिलियन पाउण्डको उद्योग सम्झौताहरू प्रदान गर्दछ भने यसमा १८२ देश र क्षेत्रका लगभग ५ हजार प्रदर्शक एवं ५१ हजार बढी सहभागी हुन्छन् । झण्डै ५ हजार प्रदर्शनी कक्षमार्फत विश्वभरका पर्यटन व्यवसायीले आआफ्नो प्रचार प्रसार र सम्पर्क स्थापित गर्ने गर्छन् ।

पर्यटन सम्भावना र नीतिबारे मन्त्रीस्तरिय विभिन्न अन्तरकृया समेत गरिन्छ । डब्लुटिएममा विश्वभरिका टुर अपरेटर, ट्राभल एजेन्टहरु, डेस्टिनेशन म्यानेजमेन्ट कम्पनी, प्रविधि पार्टनर, विमानसेवा, विभिन्न देशका पर्यटन निकाय आदिले भाग लिन्छन् ।

निरासाजनक छैन् नेपालको पर्यटन

सीईओ जोशीका शब्दमा गत ८ र ९ सेप्टेम्बरको आन्दोलनपछि त्यस महिना पर्यटक आगमन संख्या १८.३ प्रतिशतले घटेपनि अक्टोबरमा पर्यटक आगमन संख्या गत वर्षको अक्टोबरभन्दा ३.३ प्रतिशत वृद्धि भयो जुन निरासाजनक होइन । जोशीले भने, ‘यद्यपि हाम्रो प्रवर्धनात्मक कार्यक्रम अनुरुप २० प्रतिशत पर्यटक बढ्ने आशा चाहिं पूरा भएन ।’

चीन र भारतबाट पर्यटक संख्या घटेको उनले जनाए । बेलायतबाट भने मासिक करिब ८ हजार हाराहारी छ ।

नेपाल घुम्न आएका पर्यटक, विदेशस्थित डायष्पोरा र मिसन एवं मल्टिपल एजेन्सीमार्फत नेपाल ‘नर्मल’ भइसक्यो भन्ने सन्देश आक्रामक तरिकाले दिंदा पर्यटन क्षेत्र छिटो ‘रिकभर’ भएको जोशीको भनाइ छ ।

सीईओ जोशीले अब नेपालमा परम्परागत माउन्टेन टुरिजमबाहेक आध्यात्मिक, वन्यजन्तु र सांस्कृतिक पर्यटन प्रचार प्रसार अभियान सुरु गरिने पनि जनाए । ‘निजी क्षेत्रको बीटुबी अतिरिक्त हामी डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष ग्राहक लक्षित कार्यक्रम पनि आक्रामक बनाउने सोचमा छौं’, उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More