― Advertisement ―

Insomniac ले मार्वलको Wolverine ‘डिस्कमा पूर्ण रूपमा खेल्न योग्य’ बक्स बाहिरको पुष्टि गर्दछ – सोनीले राम्रोका लागि भौतिक खेल उत्पादन समाप्त गर्नुभन्दा केही महिना...

आफ्नै तरिकाले खेल्न सकिने छ डिस्कInsomniac Games ले खेलाडीहरूलाई पहिलो दिनको प्याच डाउनलोड गर्न प्रोत्साहित गर्छ भन्छ जब यो आइपुग्छसोनीले डिस्क बनाउन छोड्ने आफ्नो...
HomeLatest newsलिभरपुलले रियललाई हरायो – KhabarHost

लिभरपुलले रियललाई हरायो – KhabarHost


राष्ट्रिय

समाचार.

  • युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलले रियल मड्रिडलाई १-० ले हराएको छ।
  • लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गोल गरेका थिए।
  • लिभरपुल ४ खेलमा ९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने रियल पाँचौं स्थानमा छ।

१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ ।

लिभरपुलले रियललाई १-० ले हराएको हो । लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि ४ खेलमा ९ अंक भएको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपनि रियल गोलअन्तरका आधारमा लिभरपुलभन्दा माथि पाँचौं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा टोटनहामले कोपनहेगनलाई ४-० तथा एट्लेटिको मड्रिडले युनियन सेन्ट गिलोसलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो ।





Read More