― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeखेलकुद़़रोहितको शतकमा यूएईलाई नेपालको मध्यम लक्ष्य – KhabarHost

रोहितको शतकमा यूएईलाई नेपालको मध्यम लक्ष्य – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कप्तान रोहित पौडेलले १०९ रन बनाएपछि नेपालले यूएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
  • नेपालले दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३३ रन बनायो ।
  • यूएईका जाहिद अलीले ४ विकेट लिए ।

१३ कात्तिक, काठमाडौं । कप्तान रोहित पौडेलले शतक बनाएपछि आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएर यूएईलाई २३४ रनको लक्ष्य दिएको हो ।

रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।

यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More