― Advertisement ―

Homeखेलकुद़़ओडिआईमा रोहितको दोस्रो शतक – KhabarHost

ओडिआईमा रोहितको दोस्रो शतक – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले ओडिआई क्रिकेटमा दोस्रो शतक बनाएका छन्।
  • उनले विश्वकप लिग टु मा युएई विरुद्ध शतक प्रहार गर्दै नेपालका लागि दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
  • यसअघि उनले पपुवा न्यु गिनी विरुद्ध सन् २०२२ मा ओडिआईमा पहिलो शतक प्रहार गरेका थिए।

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले ओडिआई क्रिकेटमा दोस्रो शतक बनाएका छन् ।

उनले विश्वकप लिग टु मा युएई विरुद्ध शतक प्रहार गर्दै नेपालका लागि ओडिआईमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन् ।

यसअघि उनले पपुवा न्यु गिनी विरुद्ध सन् २०२२ मा ओडिआईमा पहिलो शतक प्रहार गरेका थिए । यस्तै कप्तानको रुपमा रोहितले पहिलो शतक प्रहार गरेका हुन् ।

पपुवा न्यु गिनी विरुद्ध रोहितले शतक हान्दा नेपालको कप्तान सन्दिप लामिछाने थिए । पपुवा न्यु गिनी विरुद्ध रोहितले बनाएको १२६ रन ओडिआईमा नेपालको लागि व्यक्तिगत उच्च स्कोर समेत हो ।

युएई विरुद्ध रोहितको शतक नेपालले ओडिआ२मा प्रहार गरेको समग्रमा नवौँ शतक हो । अहिलेसम्म रोहितसहित ८ खेलाडीले नेपालका लागि ओडिआईमा शतक प्रहार गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More