― Advertisement ―

Homeरूसी सेनामा कार्यरत माओवादी पूर्वलडाकु डायमण्ड बने सेक्सन कमाण्डर

रूसी सेनामा कार्यरत माओवादी पूर्वलडाकु डायमण्ड बने सेक्सन कमाण्डर


News Summary

Generated by OK AI. Editorially reviewed.

  • माओवादी पूर्वलडाकु डायमण्ड सी रूसी सेनामा सेक्सन कमाण्डरमा बढुवा भएका छन्।
  • डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन्।
  • उनी दुई वर्षअघि रूसी सेनामा जुनियर सर्जेन्टबाट भर्ती भएका थिए र अहिले युक्रेनविरुद्ध युद्धमा अग्रमोर्चामा छन्।

३ कात्तिक, काठमाडौं । रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् ।

म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् ।

‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् ।

आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी फौजमा भर्ती हुने निर्णय गरेको उनले बताएका छन् ।

। रूसी सेनामा भर्ती भएपछि उनले लामो स्टाटस लेख्दै माओवादी जनयुद्ध र नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए ।

शान्ति प्रक्रियापछि वि.सं २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनका क्रममा उनले स्वेच्छिक अवकाश लिएका थिए । जनमुक्ति सेनामा उनी बटालिएन सहकमाण्डर थिए ।

जनमुक्ति सेनाबाट निस्किएपछि पारिवारिक जिम्मेवारी बढेको उनले बताएका थिए । ०६८ सालताका नै प्रचण्डबाट अलग भएर बनेको मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीमा समेत उनी केही समय सक्रिय भएका थिए ।

पछि ०७१ सालमा वैद्य समूह छाडेर विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका उनी म्याग्दी जिल्लाको सेक्रेटरीको भूमिकामा थिए ।

‘ हिजो १० वर्षे जनयुद्धको एक योद्धा आज लेनीनको देशमा पुटिनको सिपाही बनेर युक्रेनविरुद्ध कठिन लडाइँ लड्दै छु,’ उनले भनेका थिए ।

उनी अवैधानिक तरिकाले रूस गएर त्यहाँको सेनामा भर्ती भएका हुन् । उनका अनुसार दुई वर्षभन्दा अघि रूसी सेनामा जुनिएर सर्जेन्ट अर्थात् सेक्सन सह–कमाण्डरमा भर्ती भएका उनी पछिल्लो पटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरमा बढुवा भएका छन् ।

सेक्सन कमाण्डरले प्राइमरी एसल्ट सेक्सनलाई नेतृत्व गर्दै युक्रेनविरुद्धको युद्धमा अग्रमोर्चामा खटिनुपर्छ । उनकी श्रीमती प्रेरणा सिर्पाली समेत माओवादी युद्धमा लडाकु थिइन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More