― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
Homeप्रहरीले मनायो कुकुर तिहार, उत्कृष्ट घुङ्ग्रुलाई अवार्ड (तस्वीरहरू)

प्रहरीले मनायो कुकुर तिहार, उत्कृष्ट घुङ्ग्रुलाई अवार्ड (तस्वीरहरू)



३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले कुकुर तिहारको अवसरमा आज सोमबार आफ्ना तालिम प्राप्त कुकुरहरुको पूजा गरेको छ ।

केनाइन कार्यालय महाराजगञ्जमा सोमबार बिहान पूजाआज गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो । अघिल्ला वर्षहरुमा नेपाल प्रहरीले धुमधामका साथ कुकुर तिहार मनाउने गरेकोमा यो वर्ष भने सामान्य रुपमा मनाएको छ ।

जेनजी आन्दोलनको क्रममा प्रहरीतर्फ ठूलो क्षति भएको र धेरै कार्यालयहरु समेत तोडफोड र आगजनी भएका थिए, सुरक्षाका दृष्टिले अझै पनि चुनौतीपूर्ण रहेको भन्दै प्रहरी हेडक्वाटरले हरेक कार्यक्रम सामान्य रुपमा मात्रै मनाउन निर्देशन दिएको थियो । सोही अनुसार केनाइन कार्यालयले आज सामान्य रुपमा कुकुर तिहार मनाएको हो ।

अपराध अनुसन्धानमा खटिँदै आएका कुकुरहरु मध्येबाट यो वर्ष घुङ्ग्रु कुकुर उत्कृष्ट घोषित भएको छ । उक्त कुकुरलाई मेडल प्रदान गरिएको छ । घुङ्ग्रुका ह्याण्डलरले प्रमाणपत्र ग्रहण गरेका थिए । घुङ्ग्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने गाँजा तस्करी अपरेशनमा सहयोग गरेको छ ।

घुङ्ग्रुकै कारण हवाई मार्ग हुँदै नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गाँजा भएको थियो ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More