― Advertisement ―

यस शक्तिशाली Asus TUF F16 गेमिङ ल्यापटपलाई RTX 4050 को साथ $1,000 मुनि Amazon मा लिनुहोस्।

यदि तपाईं चालमा खेल्न इच्छुक हुनुहुन्छ तर कडा बजेटसँग व्यवहार गर्दै हुनुहुन्छ भने, तपाईं भाग्यमानी हुनुहुन्छ। अहिले, तपाईं Asus TUF F16 गेमिङ ल्यापटप Amazon...
HomeLatest newsराष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार हुनै नदिने वातावरण मिलाउनू

राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार हुनै नदिने वातावरण मिलाउनू



१ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई ४ बुँदे निर्देशन दिएकी छिन् ।

सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफलपछि प्रधानमन्त्री कार्कीले विभिन्न निर्देशन दिएकी हुन् ।

त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताइन् ।

त्यस्तै, भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।

‘सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढवा दिनुपर्छ । केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीको निर्देशन छ ।

विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा सतर्कता केन्द्रको ध्यान नपुगेकोतर्फ ध्यानाकार्षण गराउँदे प्रधानमन्त्री कार्कीले यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्न समेत निर्देश गरेकी छिन् ।

‘आम नागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउनुहोस्,’ प्रधानमन्त्री कार्कीको निर्देशनमा भनिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More