― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest newsपाँचखाल सेजको ‘डीपीआर’ बनाउन लगानी बोर्ड र चिनियाँ कम्पनीबीच समझदारी

पाँचखाल सेजको ‘डीपीआर’ बनाउन लगानी बोर्ड र चिनियाँ कम्पनीबीच समझदारी


राष्ट्रिय

समाचार.

  • काभ्रेपलाञ्चोक पाँचखालमा पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि लगानी बोर्ड र चिनियाँ कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
  • समझदारीपत्रमा लगानी बोर्डका सीईओ सुशील ज्ञवाली र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडका आधिकारिक प्रतिनिधि यिन लिउबिङले हस्ताक्षर गरेका हुन्।
  • प्रस्तावक कम्पनीले सर्वेक्षण अनुमतिपत्र पाएपछि करिब १० महिनाभित्र गुणस्तरीय विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डमा पेस गर्नेछ।

१ मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोक पाँचखालमा ‘पाँचखाल विशेष आर्थिक क्षेत्र’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी सम्बन्धमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकार, लगानी बोर्ड तथा नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडबीच समझदारी भएको बोर्डले जनाएको छ । समझदारीपत्रमा लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतिनिधि यिन लिउबिङले हस्ताक्षर गरे ।

समझदारी अनुसार प्रस्तावक कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिनाभित्र लगानी बोर्डको कार्यालयमा पेस गर्ने छ ।

हस्ताक्षर कार्यक्रममा प्रस्तावक कम्पनीका आधिकारिक प्रतिनिधि यिन लिउबिङले परियोजना सफल बनाउन सक्दो पहल गर्ने बताए ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी अधिकृत छत्रबहादुर कटुवालले परियोजनामा प्राधिकरणका तर्फबाट पूर्ण सहयोग रहने तथा आवश्यक सेवा सुविधा उपलब्ध गराउने बेहोरा उल्लेख गरी परियोजनाको सफलताको शुभकामना दिए ।

लगानी बोर्डका सीईओ ज्ञवालीले निर्दिष्ट समयमा गुणस्तरीय प्रतिवेदन तयार हुने र सबै मापदण्ड पूरा गरी परियोजना अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेड चीनको कानुन अन्तर्गत स्थापित हेहेहुई ग्रुप कम्पनी लिमिटेडको पूर्ण स्वामित्व रहेको कम्पनी भएको र यस कम्पनीले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालन गर्न बोर्डमा प्रस्ताव गरेको थियो ।

२८ चैत २०८१ मा बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेकोमा लगानी बोर्डको ६५औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More