― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest news‘युएनए डिजिटल’ ओटीटी शुभारम्भ, फेब्रुअरी पहिलो साता ‘स्लट’ घोषणा हुने

‘युएनए डिजिटल’ ओटीटी शुभारम्भ, फेब्रुअरी पहिलो साता ‘स्लट’ घोषणा हुने


राष्ट्रिय

समाचार.

  • नयाँ नेपाली ओटीटी प्लाटफर्म ‘युएनए डिजिटल’ १ फेब्रुअरीदेखि आइएओस, गुगल प्ले स्टोर, ब्राउजर र टिभीमा उपलब्ध हुनेछ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शनिबार आयोजित समारोहमा युएनए डिजिटल ओटीटी शुभारम्भ गर्नुभयो।
  • ओटीटीमा नेपाली, भारतीय, बंगलादेशी र जापानी सामग्री क्रमशः रिलिज गरिने र सुरुवातमा ६ करोड रुपैयाँ लगानी हुनेछ।

काठमाडौं । नयाँ नेपाली ओटीटी प्लाटफर्म ‘युएनए डिजिटल’ लन्च गरिएको छ । शनिबार आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ओटीटी शुभारम्भ गरे ।

युएनए इन्टरटेनमेन्टले यो ओटीटीलाई संचालनमा ल्याउन लागेको हो । १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने भएका छन् ।

कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाईंका अनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि यो ओटीटीमा फिल्म, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन् ।

नेपाल र विदेशका लागि अलग-अलग ‘ओटीटी विन्डो’ सहित कन्टेन्ट क्रमशः ल्याउने तयारी छ । सुरुवात १४ फेब्रुअरीदेखि हुने गुरागाईंले जनाए । सब्सक्राइब शुल्कबारेको जानकारी चाँडै दिइने भएको छ ।

‘कन्टेन्ट स्लट’ चाहिँ फेब्रुअरी पहिलो सातासम्म पूर्णरुपमा घोषणा गर्ने तयारी छ । ‘दर्शकले यो ओटीटीमा फिल्म, ओर्जिनल सिरिज र शो पनि हेर्न पाउनुहुनेछ’ गुरागाईंले अनलाइनखबरसँग भने ।

सुरुवातमा कन्टेन्टमाथि ६ करोड रुपैयाँ लगानीसहित ओटीटी संचालनमा आउन लागेको हो । नेपालीबाहेक भारतीय, बंगलादेशी र जापानी सामग्रीलाई पनि क्रमशः रिलिज गर्ने यो ओटीटीको तयारी छ ।

आयोजित समारोहमा संचारमन्त्री खरेलले बदलिँदो प्राविधिक आयाम र दर्शकको रुचिलाई युएनए डिजिटल ओटीटीले पूरा गर्न सक्नुपर्ने बताउँदै शुभकामना व्यक्त गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले पनि प्लाटफर्मलाई शुभकामना दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More