― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsयी हुन् सर्वकालिन धेरै कमाउने १० नेपाली फिल्म (अपडेट सूचीसहित)

यी हुन् सर्वकालिन धेरै कमाउने १० नेपाली फिल्म (अपडेट सूचीसहित)


राष्ट्रिय

समाचार.

  • फिल्म ‘परान’ प्रदर्शनको ७५ औं दिनमा १७ करोड ७४ लाख नेरु कमाएर सर्वकालिन चौथो धेरै कमाउने नेपाली फिल्म बनेको छ।
  • ‘परान’ को कमाइ ‘१२ गाउँ’ भन्दा झण्डै २ करोड कम छ र यसले त्यो फिल्मको स्थान उछिन्न मुस्किल हुनेछ।
  • सर्वकालिन शीर्ष १० नेपाली फिल्मको सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’ पहिलो र ‘कोहिनूर’ दसौं स्थानमा छन्।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ अहिले पनि प्रदर्शनरत छ । मंगलबार दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मले प्रदर्शनको ७५ औं दिन सेलिब्रेसन गर्‍यो ।

सर्वकालिन धेरै कमाउने चौंथो फिल्मको रुपमा यो फिल्म आइसकेको छ । सिनेपाः बक्सअफिसको विवरणअनुसार, पछिल्लो शनिबारसम्म १७ करोड ७४ लाख नेरु ग्रस कमाउँदै यो फिल्म उक्त स्थानमा छ ।

अब प्रश्न उठ्छ, के यसले ‘१२ गाउँ’ को कमाइलाई उछिन्ला ? यो प्रश्नको जवाफ भने मुस्किल छ । यी दुई फिल्मबीच झण्डै २ करोड हाराहारीको दूरी भएकाले ‘परान’ लाई अब मुस्किल हुनेछ ।

यद्यपि, सर्वकालिन धेरै कमाउने शीर्ष १० नेपाली फिल्मको सूची तयार भैसकेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ शीर्षस्थानमा छ भने, ‘कोहिनूर’ दशौं स्थानमा छ । यस्तो छ अपडेट सूची :

१) पूर्णबहादुरको सारंगी- ४७ करोड ८७ लाख
२) कबड्डी ४- २१ करोड ४० लाख
३) १२ गाउँ- १९ करोड ९२ लाख
४) परान- १७ करोड ७४ लाख (प्रदर्शनरत)
५) छक्कापञ्जा ४- १७ करोड ५३ लाख
६) जारी- १७ करोड ४८ लाख
७) छक्कापञ्जा- १६ करोड १० लाख
८) महाजात्रा- १५ करोड ६७ लाख
९) छक्कापञ्जा ५- १५ करोड २० लाख
१०) कोहिनूर- १४ करोड ७५ लाख

स्रोत : सिनेपाः बक्सअफिस

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More