― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsखुकुरी प्रहार गरी हत्या गरेको आरोपमा युवक पक्राउ – KhabarHost

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा युवक पक्राउ – KhabarHost


राष्ट्रिय

समाचार.

  • धरान उपमहानगरपालिका–११ मा ३३ वर्षीय रविन राईले आफ्नै मामाको छोरा ३५ वर्षीय रुपक राईलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
  • घटना मंगलबार विहान भएको थियो र रविनलाई करिब १२ घण्टा पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट नियन्त्रणमा लिइएको थियो।
  • मृतक र आरोपीबीच पहिले पनि झगडा हुँदै आएको र हत्या कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

३० पुस, सुनसरी । आफ्नै मामाको छोरालाई खुकुरी प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–११ पूण्यमार्ग बस्ने ३५ वर्षीय रुपक राईलाई खुकुरी प्रहारी गरी हत्या गरेको आरोपमा ३३ वर्षीय रविन राई पक्राउ परेका हुन् ।

धरानस्थित इलालका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिषणबाबु राईका अनुसार घटना मंगलबार विहान भएको थियो । रविनलाई भने घटना भएको करिब १२ घण्टा पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट नियन्त्रणमा लिइएको थियो ।

मृतक रुपककै घरमा रविन पनि बस्दै आएका थिए । के कारणले विवाद भएको र खुकुरी प्रहार गरि हत्या गरिएको हो त्यो भने खुल्न सकेको छैन । उनीहरूबीच यसअघि पनि पटक पटक झगडा हुँदै आएको प्रहरीले जनाएको छ । रविनको शवको पोस्टमार्टमका लागि वीपी प्रतिष्ठानको मर्चरी हाउसमा पुर्‍याइएको छ ।





Read More