― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest newsयसरी हुँदैछ एमाले निर्वाचनको मतगणना (प्रक्रियासहित)

यसरी हुँदैछ एमाले निर्वाचनको मतगणना (प्रक्रियासहित)



३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन आयोगले भृकुटीमण्डपमा मतगणा गर्ने तयारी गरिरहेको जनाएको छ । केही बेरमा गणना सुरु हुनेछ ।

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

मतगणनाका लागि ८० वटै मेसिनको फरक-फरक मुचुल्का तयार गरिँदैछ । त्यसपछि मतगणना सुरु हुनेछ । निर्वाचन आयोगको उपाध्यक्ष सानुराज पोखरेलका अनुसार गणना सुरु भएको करिब ३ घण्टामा परिणाम आउनेछ ।

यसरी हुँदैछ मतगणना :

– हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का गर्ने

– प्रतिनिधि र मत संख्या ट्याली गर्ने ।

– मत संख्या मिलेपछि मेसिन लक गर्ने ।

– मेसिनबाट चिप्स निकालेर अलगअलग खाममा खामबन्दी गर्ने ।

– कलेक्सन भएका सबै खामहरुलाई फेरि एउटै खाममा नम्बरिङ गरेर प्याकिङ गर्ने

– उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिकहरु र निर्वाचन आयोगका प्रतिनिधिहरुको रोहबरमा मतगणा प्रारम्भ गर्ने

– मतपरिणाम घोषणा गर्ने

मत मत परिणाम सार्वजनिक, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भृकुटीमण्डपमै हुनेछ । यसपटक एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेका केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More