― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsचोरी भएको ब्रुस लीको मूर्ति एक वर्षपछि पुनर्स्थापना

चोरी भएको ब्रुस लीको मूर्ति एक वर्षपछि पुनर्स्थापना



२ पुस, साराजेभा, बोस्निया । ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना गरिएको छ ।

मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि पुन:स्थापना गरिएको हो ।

बुधबार बोस्नियाको एक शहरमा पूर्ववत् स्थानमा स्थापना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नन चक कुङ-फू स्टिक समातेर रक्षात्मक स्थितिमा उभिएको ब्रुस लीको पूर्ण कदको कांस्य प्रतिमा मूल रूपमा सन् २००५ मा मोस्टारको एक पार्कमा अनावरण गरिएको थियो । त्यसपछि यसलाई धेरै पटक तोडफोड गरिएको थियो ।

सन् १९९० को दशकको युद्धमा बोस्नियाली क्रोट्स र बोस्नियाली मुस्लिमहरूबीच भीषण लडाइँ भएपछि गहिरो रूपमा विभाजित रहेको शहरमा सबै जातीय समूहहरूसँग सम्बन्धित हुन सक्ने नायकको रूपमा ब्रुस लीलाई छानिएको थियो ।

उक्त मूर्ति सन् २०२४ मार्च मा पार्कबाट गायब भएको थियो तर केही दिनपछि तोडिएको धातुको रूपमा बिक्रीको लागि धेरै टुक्राहरूमा काटिएको फेला परेको थियो ।

प्रहरीले मूर्ति चोरी गर्ने अपराधीलाई तत्काल पक्राउ गरी मुद्दा चलाएको थियो भने घटनामा संलग्न चोरलाई यसै वर्षको सुरुमा १० महिनाको जेल सजाय सुनाइएको थियो ।

बोस्नियाको दक्षिणी शहरमा स्थापित मूर्ति स्थानीयका लागि एक आकर्षण बनेको थियो भने यसको चोरीपछि सार्वजनिक आक्रोश उत्पन्न गरेको थियो ।

‘बुधबार, शहरको पर्यटन बोर्डका प्रमुख एल्भिरा सेमालोभिकले मोस्टारका बासिन्दाहरूको लागि मूर्तिको पुनः स्थापनाको महत्त्वलाई ‘न्याय र शान्ति’ को प्रतीकको रूपमा प्रस्तुत गर्नुभएको छ’, अधिकारीलाई उद्धृत गरी एन–वन क्षेत्रीय प्रसारकले समाचारमा बताएको छ।





Read More