― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsमृतक ६ जनाको पहिचान खुल्यो, १० घाइते (नामावली)   – KhabarHost

मृतक ६ जनाको पहिचान खुल्यो, १० घाइते (नामावली)   – KhabarHost



७ कात्तिक, रुकुमपूर्व । रुकुम पश्‍चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।

प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिए अनुसार, दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरुको  परिचय खुलेको छैन ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले  लगिँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More