― Advertisement ―

‘उनीहरूले मसँग भुइँ पछ्याए र उनीहरूले गर्न सक्ने हरेक बालिश खेल ताने’: असन्तुष्ट अनुसन्धानकर्ताले दोस्रो प्रमुख विन्डोज शून्य-दिन जारी गरे – माइक्रोसफ्टको दाबी ‘मेरो...

माईक्रोसफ्ट डिसियरेन्डर नयाँ खोज zero-day dubbed RedSunफ्लाले डिफेन्डरको फाइल पुन: लेख्ने व्यवहारको दुरुपयोग गरेर प्रणालीमा स्थानीय विशेषाधिकार वृद्धिलाई सक्षम बनाउँछBlueHammer रिलिजको दिन पछि आउँछ;...
HomeLatest newsइरानसँग नेपाल ३-० ले पराजित – KhabarHost

इरानसँग नेपाल ३-० ले पराजित – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भारतमा भइरहेको त्रिदेशिय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग ३-० ले पराजित भएको छ ।
  • इरानले लगातार दुई खेल जित्दै त्रिदेशिय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ ।
  • प्रशिक्षक नविन न्यौपानेले महिला टिमको प्रशिक्षकको रुपमा डेब्यु खेलमा हार व्यहोरेका छन् ।

७ कात्तिक, काठमाडौं । भारतमा भइरहेको त्रिदेशिय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग ३-० ले पराजित भएको छ ।

इरानलाई हराउँदै उपाधि नै जित्ने लक्ष्य राखेको नेपालले दोस्रो हाफमा १० मिनेट अन्तरमा तीन गोल व्यहोर्दा पहिलो खेलमै पराजित भएको हो ।

लगातार दुई खेल जित्दै इरानले त्रिदेशिय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ । इरानले पहिलो खेलमा घरेलु टोली भारतलाई २-० ले पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल १० कात्तिकमा भारतसँग खेल्नेछ ।

शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो ।

तर दोस्रो हाफको सुरुवातदेखि नै नेपालमा गोल व्यहोर्न थाल्यो । सारा दिदारले ४७औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाइन् । उनले पहिलो खेलमा भारत विरुद्ध २ गोल गरेकिर थिइन् । जाहरा घानबारीले ५३औं मिनेटमा गोल गर्दै इरानको अग्रता दोब्बर पारिन् । त्षसपछि सबनम बेहेसितले ५७औं मिनेटमा इरानको लागि तेस्रो गोल गरिन् ।

यसै खेलमार्फत हिरा कुमारी भुजेल र दीपा शाहीले पनि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमनन गरेका छन् । हिराले पहिलो रोजाईँमा खेल्दा दीपा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् । यस्तै एएफसी महिला एसिनय कप छनोटमा कुनै पनि खेल खेल्न नपाएकी पूर्व कप्तान गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि पहिलो रोजाईँमा सुरु गरेकी थिइन् । तर तीन गोल व्होरेपछि उनलाई अन्जना राना मगरले दोस्रो हाफमा रिप्लेस गरिन् ।

यसुतै मुख्य प्रशिक्षक नविन न्यौपानेले महिला टिमको प्रशिक्षकको रुपमा डेब्यु खेलमा हार व्यहोरेका छन् ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More