― Advertisement ―

‘यदि कसैले तपाईंको एआईको मेमोरीमा निर्देशनहरू वा नकली तथ्यहरू इन्जेक्ट गर्न सक्छ भने, तिनीहरूले तपाईंको भविष्यको अन्तरक्रियामा निरन्तर प्रभाव पाउँछन्’: माइक्रोसफ्टले चेतावनी दिन्छ कि...

माइक्रोसफ्टले नयाँ ट्याक्टिकको चेतावनी दिन्छ। आक्रमणकारीहरूले AI मेमोरीमा लुकेका निर्देशनहरू खरिद गर्ने सल्लाहलाई टाँस्छन्वास्तविक-विश्व प्रयासहरू पत्ता लगाइयो; सम्झौता गरिएका AI सिफारिसहरूमा आधारित महँगो निर्णयहरू...
HomeLatest newsमुस्लिम समुदायबाट न्युन उम्मेदवारी – KhabarHost

मुस्लिम समुदायबाट न्युन उम्मेदवारी – KhabarHost


राष्ट्रिय

समाचार.

  • समानुपातिक तर्फ ११० जनाको बन्दसूची बुझाउँदा प्रत्येक दलले कम्तीमा पाँच जना मुस्लिम समुदायबाट पठाउनैपर्छ।
  • प्रत्यक्ष तर्फ १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने दलबाट मुस्लिम समुदायका उम्मेदवार चार जना भन्दा बढी परेका छैनन्।
  • नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न क्षेत्रबाट मुस्लिम समुदायका उम्मेदवार उठाएका छन्।

७ माघ, काठमाडौं । समानुपातिक तर्फ ११० जनाको बन्दसूची बुझाउँदा प्रत्येक दलले कम्तीमा पाँच जना मुस्लिम समुदायबाट पठाउनैपर्छ ।

तर प्रत्यक्ष तर्फ १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने दलबाट समेत मुस्लिम समुदायका उम्मेदवार चार जना भन्दा बढी परेका छैनन् ।

नेपाली कांग्रेसले बारा ३ मा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र कपिलवस्तु १ मा अहतर कलाम मुसलमानलाई उठाएको छ ।

नेकपा (एमाले)बाट महोत्तरी २ मा कासिम नदाफ, पर्सा ४ मा जालिम मियाँ अन्सारी र बाँके २ मा मोहम्मद इतिस्याक राईको उम्मेदवारी परेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले रहबर अन्सारीलाई बारा ४, शेख सगिरलाई रौतहट २ र ताफिक अहमद खानलाई रुपेन्देही ५ मा उम्मेदवार बनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले चार जनालाई उम्मेदवार बनाएको छ । यो पार्टीबाट

सुनसरी ४ मा महमद मोहफुज अन्सारी,  रुपन्देही ३ मा फैज अहमद खान,  रुपन्देही ५ मा वकिल मुसल्मान र कपिलवस्तु ३ मा एहसन अहमद खाँ उठेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही ५ मा अहमद्दिन खानलाई उठाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More