― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsगण्डकी विश्वविद्यालयमा नयाँ उपकुलपति आए, रजिस्ट्रार करारलाई स्थायी गरेर निस्किए

गण्डकी विश्वविद्यालयमा नयाँ उपकुलपति आए, रजिस्ट्रार करारलाई स्थायी गरेर निस्किए



७ माघ , पोखरा । गण्डकी विश्वविद्यालयको उपकुलपतिमा सहप्रध्यापक डा. कृष्णराज अधिकारी नियुक्त भएका छन् । न्यायिक परिषद्‌ले पठाएका ३ जनाबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीलाई माघ ४ गते नियुक्त गरेका हुन् ।

फागुन २१ गते हुने निर्वाचनको मौन अवधि सुरु हुनुअघि माघ ४ गते नै छनोट समितिले मेरिटको आधारमा ३ जनाको नाम पठाएको थियो । मुख्यमन्त्री पाण्डेले १ नम्बरमा सिफारिस भएका प्रा.डा. अधिकारीलाई नियुक्त गरेका हुन् । अधिकारीले बुधबार पदभार ग्रहण गरेका छन् ।

विश्वविद्यालयको न्यासिक परिषद्‌का अध्यक्ष प्रा.डा. कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा परिषद्‌की सदस्य संगीता सिंह र प्रदेश लोकसेवा आयोग गण्डकी सदस्य योगेन्द्र गौचन छनोट समितिका सदस्य थिए ।

समितिले पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख सरोज कोइराला र वन विज्ञान अध्ययन संस्थानका पूर्वडिन वीरबहादुर खनालको नाम सिफारिस भएको थियो । उपकुलपतिका लागि ६ जना प्रतिस्पर्धामा थिए । त्यसमध्ये इन्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका पूर्वप्रमुख अधिकारीलाई उपकुलपतिमा छानिएको हो ।

मेरिटको आधारमा १ नम्बरमा सिफारिस भएको नामलाई नै नियुक्त गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

गत असोज १४ गते उपकुलपति प्रा.डा. नवराज देवकोटाको ५ वर्षीय कार्यकाल सकिएको थियो । कात्तिकमा न्यासिक परिषद्‌का अध्यक्ष कैलाशनाथको संयोजकत्वमा समिति गठन भएको थियो ।

गण्डकी विश्वविद्यालयमा स्थापनाकालमा कुलपति प्रा.डा. गणेशमान गुरुङलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नियुक्त गरेका थिए । विश्वविद्यालयलाई स्वयत्त बनाउने भन्दै एमालेकै पूर्वसांसद तथा त्रिभुवन विश्वविद्यालय अनुदान आयोग, आयोना आयोगको अनुभवसमेत लिएर नियुक्त भएका गणेशमान नेतृत्व कार्यसम्पादनका कारण विवादित समेत हुँदै आएको थियो ।

विश्वविद्यालयमा राजनीतिक प्रभावका आधारमा शिक्षक कर्मचारी नियुक्त गरेको आरोपसमेत थियो । उनको कार्यकाल सकिएपछि मुख्यमन्त्री सुरेन्द्रराजले कांग्रेस कोटाबाट प्रा.डा. इन्द्रप्रसाद तिवारीलाई २०८१ चैत २९ गते नियुक्त गरेका थिए ।

कांग्रेस नेतृत्वमा एमालेसमेत सहभागी भएको सरकारले कुलपति कांग्रेसबाट नियुक्त गर्दा उपकुलपति एमालेनिकट अधिकारी नियुक्त भएका हुन् ।

अधिकारी त्रिविमा साढे २८ वर्ष सेवा गरेर यही साल निवृत्त भएका थिए । उनले सौर्य ऊर्जामा विद्यावारिधि गरेका छन् । एमालेनिकट भए पनि उनी प्राज्ञिक क्षेत्रमा विवादित नभएको र अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेको पात्रका रूपमा लिने गरेका छन् ।

अधिकारी फिजिकल सोसाइटी गण्डकीका अध्यक्ष थिए । निवृत्ति भएपछि पनि इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमै रिसर्च म्यानेजमेन्ट सेलको प्रमुखका रूपमा काम गरिरहेका थिए ।

जर्नल अफ इन्जिनिरिङ एन्ड साइन्सेन्सको प्रमुख सम्पादक भएर काम गरेका अधिकारीले विश्वविद्यालयलाई अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित गराउँदै गुणस्तरीय उच्च शिक्षामा ध्यान दिने बताए । विश्वविद्यालयले सरकारको प्राथमिकतासँग जोडिएर काम गर्ने उनको भनाइ थियो ।

‘रोजगार वा आफैंले व्यवसाय गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने छ । खनिज इन्जिनियरिङ पनि सुरु गर्नुपर्ने छ । अनुसन्धान र नवप्रवर्तनलाई जोड दिने हो,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘विश्वविद्यालयलाई गुणस्तरीय र आकर्षक बनाउन म सरकारसँग मिलेर अगाडि बढ्ने छु ।’

गण्डकी विश्वविद्यालयमा रजिस्ट्रार कैलाश तिमिल्सिनाको पनि माघ ५ गते कार्यकाल सकिएको छ । उनी पनि ५ वर्षीय कार्यकाल सकिएर बिदाइ भएका छन् । उनी जाँदाजाँदै गण्डकी विश्वविद्यालयमा करारका सबै शिक्षक कर्मचारीलाई स्थायी नियुक्त गर्न सफल भएका छन् ।

तिमिल्सिनाकै नेतृत्वमा खुला प्रतिस्पर्धालाई निषेध गरेर सबै करारका शिक्षक कर्मचारीलाई स्थायी गरिएको छ । उपकुलपति नेतृत्वले जनशक्ति व्यवस्थापन गर्नसक्ने व्यवस्था भए पनि निमित्तको जिम्मेवारी पाएका कैलाशकै संयोजकत्वमा जाँदाजाँदै सबैलाई स्थायी बनाएर बिदा भएका हुन् । अब रजिस्ट्रार नियुक्तिको पनि प्रक्रिया अगाडि बढ्ने विश्वविद्यालयले जनाएको छ ।

रजिस्ट्रार नियुक्तिका लागि उपकुलपतिको संयोकत्वमा न्यासिक परिषद्‌ले पठाएका २ जना सदस्य छनोट समितिमा रहने व्यवस्था छ । समितिबाट उपकुलपतिले नै रजिस्ट्रार नियुक्त गर्नसक्ने व्यवस्था छ ।

आन्तरिक प्रतियोगिताबारे परीक्षाको सूचनासमेत प्रकाशित नगरी हतारहतारमा सबै करारका शिक्षक कर्मचारीको परीक्षा लिइएको थियो । जबकि, नियमावलीमा परीक्षाको मिति र स्थानबारे कम्तीमा पनि १५ दिन अगाडि राष्ट्रिय पत्रपत्रिकामार्फत सूचना प्रकाशित गर्नुपर्ने र साथै विश्वविद्यालयको वेबसाइडमा पनि राख्नुपर्ने व्यवस्था छ । तर विश्वविद्यालयले परीक्षाको मितिबारे कुनै सूचना नै प्रकाशित गरेको छैन भने वेबसाइडमा समेत राखिएको थिएन ।

पुस २ गते जनशक्ति व्यवस्थापन समितिले स्वीकृत गरी एकैपटक ७० जनालाई स्थायी गर्न उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो । त्यसका निम्ति पुस १८ गते शुक्रबारका लागि अन्तरिक परीक्षा गर्ने तयारी थियो ।

उच्च अदालतमा रिट परेर सुनुवाइ हुने भएपछि रातारात परीक्षाको मिति अगाडि सारेर विश्वविद्यालयको पठनपाठन बन्द गरी बुधबार परीक्षा लिइएको थियो । आन्तरिक परीक्षाको नाममा सबैलाई स्थायी गरिएको थियो भने अदालतले अन्तरिम आदेशसमेत दिएको थिएन ।

२१ जना प्रशासनिक, शैक्षिक पदमा २५ र २६ जना (श्रेणीविहीन) कार्यालय सहयोगी तथा चालक गरी एक पटकका लागि भन्दै स्थायी गरिएको हो ।

यसअघि ७८ जना शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अगाडि बढाउने २०८१ फागुन १ गते सूचना प्रकाशन गरेपछि अधिवक्ता मनोज घर्तीमगरले उच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट भने उच्च अदालतले खारेज गरेको थियो ।

उच्चको आदेश र विश्वविद्यालयले करारका शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्ने काम अगाडि बढाउन नहुने भन्दै फेरि सर्वोच्च अदालतमा अधिवक्ता विमला खत्रीले रिट निवेदन दायर गरेकी थिइन् । सो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन अवस्थामै रहँदा फेरि निमित्त उपकुलपतिको समेत जिम्मेवारी पाएका रजिस्ट्रार कैलाश तिमिल्सिनाकै जोडबलमा स्थायी प्रक्रिया अगाडि बढाइएको थियो ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More