― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsमुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो – KhabarHost

मुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो – KhabarHost


बेनी-जोमसोम सडकको जाम । तस्वीर : सुशीलबाबु थकाली ।



८ कात्तिक, काठमाडौं । मुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढेको छ । तिहारको अवसर पारेर घुम्न जानेहरूको आन्तरिक पर्यटकको संख्या वृद्धि भएका कारण मुस्ताङमा घुइँचो बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले आन्तरिक पर्यटकले जिल्ला भरिभराउ छ । पर्यटकको संख्या बढेपछि जोमसोम र मार्फाका होटलहरूमा बास पाउनसमेत गाह्रो देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले बिदाको समय परेकाले मुस्ताङ घुम्ने मानिसहरूको चाप बढेको बताइन् ।

‘केही दिनदेखि सवारी चाप देखिन्छ । बिदाको समय परेकाले घुम्न आउने मान्छेको चाप बढेको छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘होटलहरू भरिएका छन् । बास बस्ने ठाउँ नहुँदा म्याग्दीतिर फर्किएका छन् ।’

बेनी-जोमसोम-कोरोला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभीर र मुस्ताङको घरपझोङ गाउँपालिका–४ घ्हैकु भीर नजिकै शुक्रबार सवारीसाधन जामको दृश्य देखिएको थियो ।

प्रहरी नायव उपरीक्षक लामाले भनिन्, ‘सडकमा अरू समस्या छैन । चापका कारण ट्राफिक जाम देखिएको हो ।’

तस्वीर : सुशीलबाबु थकाली

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More