― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsभारतले भन्यो – शिरमा बन्दुक राखेर अमेरिकासँग व्यापार सम्झौता गर्दैनौं

भारतले भन्यो – शिरमा बन्दुक राखेर अमेरिकासँग व्यापार सम्झौता गर्दैनौं



८ कात्तिक, काठमाडौं । भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले ‘शिरमा बन्दुक राखेर’ अमेरिकाका साथ व्यापार सम्झौता नगरिने बताएका छन् ।

जर्मनीमा आयोजित एक कार्यक्रममा वाणिज्यमन्त्री गोयलले अमेरिकासँग छलफल चलिरहेको र हतारमा सम्झौता नगरिने बताए । ‘हामी अमेरिकासँग कुराकानी गरिरहेका छौँ । हतारमा सम्झौता गर्न चाँहदैनौँ,’ उनले भने, ‘हामी डेडलाइन वा शिरमा बन्दुक राखेर डिल गर्दैनौं ।’

भारतलले लामो समयका लागि सोच्ने भन्दै गोयलले कहिल्यै पनि हतारमा वा दबावमा निर्णय नगर्ने जिकिर गरे । उनले भारतले नयाँ बजारको खाजी गरिरहेको पनि बताए । ‘नयाँ बजारको खोजी गरिरहेका छौँ । हामी भारतीय अर्थव्यवस्थामा मागलाई अझै मजबुत बनाउने आशा गरिरहेका छौँ,’ मन्त्री गोयलले भने, ‘हामीसँग एउटा अत्यन्तै मजबुत ढाँचा छ, १.४ अर्ब मानिस ।’

ट्रम्प प्रशासनले अमेरिकामा भारतबाट निर्यात हुने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाएको छ । पहिले यो कर २५ प्रतिशत थियो । अहिले भारतमा कुल ५० प्रतिशत कर लागू भएको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वृद्धि गरिएको करलाई रूसबाट तेल र हतियार खरिदका लागि भारतलाई दिइएको ‘सजाय’ भनेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More