― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsमुख्यमन्त्री बानियाँ – KhabarHost

मुख्यमन्त्री बानियाँ – KhabarHost



१३ पुस, काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विचार अनेक भए पनि विकासमा एक हुनुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा आज धुलिखेलमा आयोजित ‘तीन तहबीच समन्वय र सहजीकरण’ विषयक अन्तरक्रियामा उनले विकास सबैका लागि भए पनि विचारको आधारमा अनेकतालाई अन्यथा मान्न नहुने धारणा राखे ।

मुख्यमन्त्री बानियाँले अब स्थानीय तहले प्राथमिकतामा राखेकाबाहेक योजना प्रदेश सरकारले स्वीकार नगर्ने प्रतिबद्धता जनाए ।

‘विचारमा अनेकता होला तर विकासमा एकता हुन्छ, जनप्रतिनिधिले नै विकास गर्ने हो । त्यसैले तीन तहका सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्वबीचको कानुनअनुसार काम गर्नुपर्छ । प्रदेश सरकारले स्थानीय तहले अगाडि सार्ने योजना स्वीकारेर अगाडि बढ्छ’, उनले भने ।

मुख्यमन्त्री बानियाँले काभ्रेपलाञ्चोक, रोशीको थानसिङबेँसीको पुल, जिल्लामा हरित महिला उद्यम, काभ्रेपलाञ्चोकबाट प्रदेश राजधानी हेटौँडा जोड्ने निर्माणाधीन जनमुक्तिमार्ग, जिल्लाको अन्य सहरी क्षेत्रमा निर्माणाधीन सडकमा बजेट थप्ने विषयलाई प्राथमिकता राख्ने प्रतिबद्धता जनाए ।

यसैगरी उनले बनेपा, धुलिखेल र पनौती गरी तीन नगरपालिकामा सञ्चालित एकीकृत खानेपानीलाई व्यवस्थित गर्ने तथा जेनजी आन्दोलनमा जलेको बनेपा नगरपालिकाको भवनलगायत सुरक्षा निकायका भवन निर्माणलगायत विषयलाई पनि प्राथमिकतामा राखेर  काम अगाडि बढाउने बताए ।

मुख्यमन्त्री बानियाँले सङ्घीयतापछिको अभ्यास क्रममा केही नीतिगत र संरचनागत समस्या देखिनु स्वाभाविक भएको उल्लेख गर्दै ती समस्यालाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले सङ्घीय संरचनामा सेवा प्रवाह प्रभावकारी बनाउन तीन तहबीच निरन्तर संवाद आवश्यक रहेको बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More