― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsमहामन्त्रीमार्फत ७७ जिल्लाका सभापतिलाई पत्र पठाउँदै गगनले खोजे देउवाको साथ

महामन्त्रीमार्फत ७७ जिल्लाका सभापतिलाई पत्र पठाउँदै गगनले खोजे देउवाको साथ



१२ माघ, काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र गरेको छ  ।

विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरुलाई पनि विधि विधानले पाएको विषय भन्दै जित हारको कुरा नगरी चुनावमा केन्द्रित हुन भनिएको छ ।

परिपत्र महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेका हुन् ।

परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास परिपत्रमा गरिएको छ ।

‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरुबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहजरुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएको छ,’ परिपत्रमा उल्लेख छ ।

विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्ष गरिएको भन्दै उनले थपे, ‘आजसम्मका उपलब्धीलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प गरेको छ । अब कांग्रेस बदलिएको छ । बदलिनेछ ।’

हालै सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भएका हुन् । कांग्रेसमा अहिले पनि शेरबहादुर देउवा समूहले उक्त विशेष महाधिवेशनलाई स्वीकार गरिसकेको छैन ।

यस्तो छ परिपत्र





Read More