― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
Homeराष्ट्रिय समाचारमनास्लु पदमार्गमा आवातजावत खुला    – KhabarHost

मनास्लु पदमार्गमा आवातजावत खुला    – KhabarHost


फाइल तस्वीर



१६ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ ।

अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवातजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

‘जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो,’ उनले भने, ‘पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण क्षेत्र, नजिकको सुरक्षा निकायबाट जानकारी लिन भनिएको छ ।’

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु पदमार्गमा पदयात्रामा निस्कँदा मौसमसम्बन्धी जानकारी लिएर निस्कन र वर्षाका कारण केही ठाउँमा पदमार्ग बिग्रिएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् ।

‘अहिलेको अवस्था हेर्दा अधिकांश बाटा खुला छन् तर केही भागमा हिउँ जमेको र बाटो बिग्रिएकाले सावधानी अपनाउनु आवश्यक छ,’ उनले भने । अत्यधिक हिमपात र वर्षाका कारण केही दिनदेखि मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटक बाटोबाटै फर्किएका थिए ।





Read More