― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsजेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काभ्रको महाभारत गाउँपालिका–१ घर भएका राजा तामाङ भनिने वाङ्सुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
  • वाङ्सुले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेर प्रहरीको हतियार लुटेर लाहुरे टोलमा लुकाएको पाइएपछि पक्राउ गरिएको हो।
  • उनको कोठा खानतलासी गर्दा तीन थान गोली भेटिएको र उनी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका व्यक्ति रहेको पाइएको छ।

१६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट निस्केर प्रहरीको हतियार लुट्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रको महाभारत गाउँपालिका–१ घर भएका राजा तामाङ भनिने वाङ्ुु लामा छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

१३ कात्तिकमा काठमाडौं महानगरपालिका–७ लाहुरे टोलमा प्रविण घिमिरे भनिने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु खाजा घरको बाहिर कालो झोलामा हतियार भेटिएको थियो । ग्यास गनको बट र नाल छुट्टा छुट्टै रहेको अवस्थामा शंकास्पद हतियार भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

सो क्रममा वाङ्सु प्रहरीको हतियार लुटेर त्यहाँ लुकाएको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

वाङ्सु ज्यान मार्ने उद्योगमा पक्राउ परेर प्रहरी वृत्त वौद्धबाट मुद्दा चलेको व्यक्ति रहेको पाइएको छ । उनी ७ साउन २०८२ मा मात्रै पुर्पक्षका लागि कारागार चलान गरेका थिए । केन्द्रीय कारागार सुन्धारामा रहेका उनी २४ भदौमा जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका थिए ।

वाङ्सुको कोठा खानतलासी गर्दा तीन थान गोली समेत भेटिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More