― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsमधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमालेको धर्ना

मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमालेको धर्ना



२ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ ।

एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् ।

गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री यादवले सात दलीय गठबन्धनको विरोधले काम गर्न पाएका छैनन् ।

यता सात दलीय गठबन्धनले सरकार गठन अवैधानिक रहेको भन्दै बदरको माग गर्दै मधेस भवन अगाडि नियमित धर्ना दिँदै आएका छन् ।

मधेश भवन अगाडि आज पनि सात दलीय गठबन्धनका प्रदेश सांसदहरु धर्ना बसिरहेका छन् ।





Read More