― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsअश्लील अभिव्यक्ति सार्वजनिक हुँदा चौतारी अध्यक्ष पाण्डे विवादमा

अश्लील अभिव्यक्ति सार्वजनिक हुँदा चौतारी अध्यक्ष पाण्डे विवादमा


फाइल तस्वीर



४ पुस, काठमाडौं । सामाजिक सञ्जालमा अश्लील अभिव्यक्ति सार्वजनिक भएपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे विवादमा तानिएका छन् । महिलालाई अपमानित गर्ने अभिव्यक्ति दिएकाले पाण्डेलाई राजीनामा दिन चौतारीकै सदस्यहरूले सुझाव दिएका छन् ।

विशेषगरी महिला नेताहरूले सामाजिक सञ्जाल मार्फत प्रश्न उठाएका छन् । ‘अध्यक्षज्यूको यस्तो सुन्नै नसकिने आमा जोडेर बोलेको आवाज वास्तविक रहेछ भने संगठनको नेतृत्व गर्ने नैतिकता उहाँसँग रहन्न,’ प्रेस चौतारी बागमती इन्चार्ज प्रतिमा सिलवालले लेखेकी छन् ।

नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा मागेकी सिलवालले अरू नेताहरूसँग समेत साथ मागेकी छन्, ‘यो मनपरी गर्ने संगठन होइन । देशभरका विशेषगरी प्रेस चौतारीसँग आस्था राख्ने दिदीबहिनीहरूलाई अनुरोध गर्दछु कि नैतिकताको कसीमा नअटाउने कोही व्यक्तिको हामी दास होइनौं ।’

पत्रकार सिलवालले जस्तै आवाज चौतारीका अरू नेताहरूले पनि सामाजिक सञ्जालबाटै उठाएकी छन् ।

‘यस संस्थाप्रति आस्था राख्ने देशभरका पत्रकारहरू, विशेषगरी दिदीबहिनीहरू र शुभेच्छुकहरूलाई विश्वस्त पार्न चाहन्छौं कि संगठनले कुनै पनि अवस्थामा नैतिक मापदण्डमा सम्झौता गर्दैन,’ चौतारीकै महिला विभाग उपप्रमुख रेणु पराजुलीले लेखेकी छन् ।

चौतारीका केन्द्रीय सदस्य संगीता आचार्यले पनि यो प्रकरण महिलासँग जोडिएको विषयका रूपमा मात्र नहेर्न आग्रह गरेकी छन् । केन्द्रीय पदाधिकारीहरूकै जवाफ माग्दै आचार्यले तथ्यका आधारमा उचित निर्णयमा पुग्नुपर्ने बताएकी छन् ।

अरू महिला पत्रकारहरूले पनि अध्यक्ष पाण्डेको अडियोबारे सार्वजनिक प्रश्न उठाएका छन् । तर अडियो सार्वजनिक भए लगत्तै पाण्डेले भने प्रविधिको दुरुपयोग भनेका थिए ।

‘कानुनी उपचारका लागि साइबर ब्युरो जाँदैछु । प्रविधिको दुरुपयोग यति धेरै नगरे भए हुने थियो । भ्रममा नपर्न साथीहरूलाई अनुरोध छ,’ २ पुसमा पाण्डेले लेखेका थिए ।

तर आज अर्को लामो स्टाटस लेख्दै पाण्डेले उक्त अडियो आफ्नै भएको स्वीकारेका छन् । अडियोमा सुनिने अर्का पात्र मञ्जीव क्षेत्रीले पनि त्यो संवाद वास्तविक भएको सामाजिक सञ्जालमै लेखेका छन् ।

क्षेत्री एमाले कार्यकर्ता नै रहेको खुलेको छ । र, उक्त अडियो जेनजी आन्दोलनपछिको भएको क्षेत्रीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More