― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsमछिन्द्रको प्रशिक्षकमा प्रवेश कटुवाल – KhabarHost

मछिन्द्रको प्रशिक्षकमा प्रवेश कटुवाल – KhabarHost


राष्ट्रिय

समाचार.

  • मछिन्द्र फुटबल क्लबले प्रवेश कटुवाललाई राष्ट्रिय लिग फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • कटुवालले सन् २०१९–२० र २०२१–२२ सिजनमा लगातार शहीद स्मारक ए डिभिजन लिग जिताएका थिए।
  • मछिन्द्रले राष्ट्रिय लिगका लागि दुई विदेशी खेलाडी जोनाथान र अलिजोनलाई अनुबन्ध गरेको छ।

२६ पुस, काठमाडौं । मछिन्द्र फुटबल क्लबले प्रवेश कटुवाललाई राष्ट्रिय लिग फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

लगातार दुई पटक क्लबलाई शहीद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका प्रशिक्षक कटुवाललाई मछिन्द्रले राष्ट्रिय लिगको लागि जिम्मा दिएको हो । मछिन्द्रले शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय लिगका लागि कटुवाललाई नियुक्त गरेको जनाएको छ ।

कटुवालको प्रशिक्षणमा मछिन्द्रले सन् २०१९–२० र २०२१–२२ सिजनमा लगातार ए डिभिजन लिग जितेको थियो ।

कटुवालले राष्ट्रिय टिमको अन्तिरिम प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन् भने भिन्सेन्जो अल्बर्टो एनेसको नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा कटुवालले उनको सहायकको रुपमा राष्ट्रिय टोलीमा काम गरेका थिए ।

कटुवालकै प्रशिक्षणमा मछिन्द्र नेपालको डोमेस्टिक फुटबलमा बलियो टिम बनेर उदाएको थियो । त्यसैले घरेलु फुटबलको अनुभव र आफूलाई सफल प्रशिक्षकको रुपमा प्रमाणित गरिसकेका कटुवालको आगमनले मछिन्द्र उत्साहित छन् र उनको नेतृत्वमा आउने सिजन प्रतिस्पर्धात्मक र आशाजनक हुने अपेक्षा क्लबले राखेको छ ।

एन्फाको आयोजनामा राष्ट्रिय लिग यही पुस ३० गतेदेखि सुरु हुँदैछ । जहाँ मछिन्द्रसहित १७ क्लबले सिंगल राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्दैछन् ।

मछिन्द्रले राष्ट्रिय लिगकै लागि शनिबार दुई विदेशी खेलाडी जोनाथान र अलिजोनलाई पनि अनुबन्ध गरेको जनाएको छ । दुवै खेलाडीलाई शनिबार क्लबले काठमाडौंमा स्वागत गरेको छ ।





Read More