― Advertisement ―

‘यी अभिनेताहरू अब परम्परागत साइबर अपराधमा मात्र भर परेका छैनन्’: विज्ञहरूले अर्को ठूलो उत्तर कोरियाली नक्कली आईटी कार्यकर्ता घोटाला नेटवर्कको पर्दाफास गर्छन्

Nisos PRudKovers नियोजित ठूला एम्बाडिङ अभियानमा प्राविधिक फर्महरू२२ एजेन्टहरूले 166k+ आवेदनहरू पेस गरे, 21k+ अन्तर्वार्ताहरू र 76 जागिर प्रस्तावहरू चोरी पहिचान, AI उपकरणहरू, र...
HomeLatest newsभोलि शैक्षिक हड्ताल घोषणा, छलफलमा प्याब्सन र एनप्याब्सन

भोलि शैक्षिक हड्ताल घोषणा, छलफलमा प्याब्सन र एनप्याब्सन


फाइल तस्वीर



६ पुस, काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेको छ ।

उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ ।

भोलि हुने भनिएको शैक्षिक हड्ताल उपत्यकाव्यापी हुने बताइएको छ ।

युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले जारी गरिएको विज्ञप्तिमा भोलिको हड्ताल सफल पार्न आह्वान गरिएको छ ।

उक्त हड्ताल आह्वान भएपछि भोलि विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे अहिले प्याब्सन र एनप्याब्सन छलफल गरिरहेका छन् ।





Read More