― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsतृतराज दासको शतकमा आर्मीले दिल्लीलाई हरायो – KhabarHost

तृतराज दासको शतकमा आर्मीले दिल्लीलाई हरायो – KhabarHost


राष्ट्रिय

समाचार.

  • त्रिभुवन आर्मी क्लबले भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप २०२५ मा दिल्ली वन्डर्सलाई ३७ रनले हराएको छ।
  • आर्मीले दिएको २१९ रनको लक्ष्य पछ्याएको दिल्ली १८१ रनमा अलआउट भएको छ।
  • आर्मीका तृतराज दासले ५१ बलमा अविजित १०० रन बनाए, जुन प्रतियोगिताको पहिलो शतक हो।

६ पुस, काठमाडौं । चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप २०२५ मा त्रिभुवन आर्मी क्लबले भारतको दिल्ली वन्डर्सलाई पराजित गरेको छ ।

आर्मीले दिल्लीलाई ३७ रनले हराएको हो । आर्मीले दिएको २१९ रनको लक्ष्य पछ्याएको दिल्ली २ बल अगावै १८१ रनमा अलआउट भयो। दुसान्त राघभले ५६ रन बनाए भने मोहममद केफले ३४ रन बनाए ।

आर्मीका दुर्गेश गुप्ताले ४ तथा शाहब आलमले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । तृतराज दासले ५१ बलमा अविजित १०० रन बनाए । यो प्रतियोगिताको पहिलो शतक हो ।

कप्तान विनोद भण्डारीले ४४, इमरान शेखले ३६ र अर्जुन साउदले २१ रन बनाए । भीम सार्कीले अविजित ४ रन बनाए भने बसिर अहमद १ र नरेन साउद शून्यमै आउट भए ।

दिल्लीका दुश्यान्त राघभले ३ र कुशागरा शर्माले एक विकेट लिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More