― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
HomeLatest newsभेट्रान एथलेटिक्स टोली भारत प्रस्थान – KhabarHost

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली भेट्रान टोली एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन १६ कात्तिक, काठमाडौंबाट भारतको चेन्नइ प्रस्थान गरेको छ।
  • नोभेम्बर ५ देखि ९ सम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् र टोलीमा ३६ सदस्य छन्।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै आइतबार बिदाइ कार्यक्रम गरेका छन्।

१६ कात्तिक, काठमाडौं । एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारतको चेन्नइ प्रस्थान गरेको छ ।

नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ ।

खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, सर्मिला श्रेष्ठ प्रधान, विष्णु मल्ल, सिता गुरुङ, इन्द्रकुमारी मल्ल, सुनिलकुमार लालवनी, श्रवनकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, आशनारायण चौधरी, अरुणकुमार वैद्य, एन्थोनी अमात्य, गोविन्दबहादुर थापा, सन्तोषबहादुर खड्का, सुरेश जोशी र गौरी श्रेष्ठ छन् ।

टोली प्रमुखमा जीएन दाइ शर्मा, व्यवस्थापकमा भैरव शाही र यशोदा शर्मा, सहायक व्यवस्थापकमा अभव भरतमणि आचार्य दीक्षित र विजयलक्ष्मी शाही तथा फिजियोमा विश्वरत्न मानन्धर र सुधा थापा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More