― Advertisement ―

एआई डाटा सेन्टर करको वाशिंगटनको शान्त रोलब्याकले उद्योगको प्रतिक्रियालाई स्पार्क गर्दछ किनकि राज्यहरूले बिलियन डलरको प्रोत्साहन र आर्थिक ट्रेडअफहरूमा पुनर्विचार गर्दछ।

डेटा प्रेशर ब्रेक्स ट्राइ सेन्टर धुलाई राष्ट्रव्यापीएआई पूर्वाधार लागत बढ्दै जाँदा सांसदहरूले प्रोत्साहनलाई पुनर्विचार गर्छन्उद्योग पुसब्याकले डाटा सेन्टर कर नीतिहरू सुधार गर्ने प्रयासहरूलाई सुस्त...
HomeLatest newsभक्तपुरको नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुरको नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)



१६ माघ, काठमाडौं । भक्तपुरको थिमि नगरपालिका-७ स्थित नगदेशमा ऐतिहासिक तथा पौराणिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ ।

नेवा ऐतिहासिक साँस्कृतिक भजन खल: को आयोजनामा नगदेशमा शुक्रबार साँझ पुलुकिसी नाच प्रदर्शन गरिएको हो ।

नगदेशमा परापूर्वकालदेखि नै पुलुकिसी नाच जात्राको रूपमा प्रदर्शन हुँदै आएको छ ।

पुलुकिसी नाच नगदेशमा प्रदर्शन हुने विभिन्न ऐतिहासिक नाचहरूमध्येको एक प्रमुख नाच हो । यो नाच स्वस्थानी व्रत कथामा आधारित छ । नगदेशमा यो नाच सय वर्षभन्दा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ । नाचको सम्पूर्ण विधि स्वस्थानी व्रतकथामा आधारित छ ।

नाचको समापन भने भक्तपुरकै चागुनारायण मन्दिर परिसरमा १८ माघमा गरिने नेवा: ऐतिहासिक साँस्कृतिक भजन खल: का अध्यक्ष तुल्सीभक्त घजुले जानकारी दिए ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More