― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsबेनिशा हमाल, महेश त्रिपाठी स्टारर ‘द ब्लू लाइट’ को टिजर सार्वजनिक

बेनिशा हमाल, महेश त्रिपाठी स्टारर ‘द ब्लू लाइट’ को टिजर सार्वजनिक


राष्ट्रिय

समाचार.

  • फिल्म ‘द ब्लू लाइट’ को टिजर युट्युबमा सार्वजनिक भएको छ, जसमा मनोवैज्ञानिक-थ्रीलर कथावस्तु चित्रण गरिएको छ।
  • फिल्म १६ माघदेखि देशब्यापी प्रदर्शन हुनेछ र बेनिशा हमाल यसका कार्यकारी निर्माता तथा अभिनेत्री हुन्।
  • फिल्ममा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको अभिनय छ र बलिराम चौहानले निर्देशन गरेका छन्।

काठमाडौं । मनोवैज्ञानिक-थ्रीलर कथावस्तुमा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ को टिजर युट्युबमा सार्वजनिक भएको छ ।

बिहीबार क्रिसमसको अवसरमा अभिनेत्री बेनिशा हमालको फिल्म निर्माण कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

बेनिशाले यो फिल्मबाटै डिजिटल अधिकार लिने कार्य थालेकी हुन् । उनी यो फिल्मकी कार्यकारी निर्मात्री तथा अभिनेत्री समेत हुन् ।

बेनिशा र महेश त्रिपाठीको संवादसँगै सुरु हुने टिजरले प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दाको कथा चित्रण गर्छ ।

अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने टिजरमा देख्न सकिन्छ ।

प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा समावेश छन् । ब्याकग्राउन्ड स्कोर र रङ संयोजनले फिल्मको थिमलाई दर्शाउँछ ।

फिल्मको प्रदर्शन मिति पनि तय छ । जसअनुसार, यो फिल्म १६ माघदेखि देशब्यापी प्रदर्शन हुनेछ ।

बलिराम चौहानको निर्देशन रहेको फिल्ममा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको अभिनय पनि छ । बालकलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्लू लाइट’को सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । कार्यकारी निर्मातामा भने छायाँकार समेत रहेका नरेन्द्र मैनाली र बेनिशा छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More