― Advertisement ―

प्रेस स्वतन्त्रता समूहले कथित VPN निगरानीमा पारदर्शिताको लागि अमेरिकी सांसदहरूलाई सोध्छ

स्वतन्त्रताको लागि अनुगमन समूहलाई कसरी अनुगमन गर्ने समूहलाई प्रेस गर्नुहोस् VPNयसले VPN प्रयोग गर्ने अमेरिकीहरूलाई विदेशी लक्ष्यको रूपमा व्यवहार गर्न सक्ने चेतावनी पछ्याउँछअधिवक्ताहरूले कांग्रेसलाई...
HomeLatest newsबाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम

बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम


राष्ट्रिय

समाचार.

  • डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ।
  • प्रथम स्थान विजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् भने द्वितीय र तृतीय स्थान विजेतालाई क्रमशः एक लाख र ६० हजार रुपैयाँ पुरस्कार दिइएको छ।
  • प्रतियोगितामा विश्वका १० भन्दा बढी मुलुकबाट १,१६८ कथा प्राप्त भएका थिए र उत्कृष्ट २५ कथासहित ‘१२खरी उत्कृष्ट कथा, २०८२’ कथाकृति लोकार्पण गरिएको छ।

काठमाडौं । ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिन् ।

प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ । कथाका लेखक गुरुङलाई नगद एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो ।

इन्द्रप्रसाद गोतामे (जगतजंग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । लेखक गोतामेलाई ६० हजार नगदसहित ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका तीन कथाका कथाकारलाई प्रधानमन्त्री कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाललगायतले सम्मान गरेका हुन् ।

समारोहमा प्रधानमन्त्री कार्कीले ‘१२खरी उत्कृष्ट कथा, २०८२’ कथाकृतिको लोकार्पण पनि गरिन् । कथाकृतिमा उत्कृष्ट २५ कथा समावेश गरिएको छ ।

सात वर्षदेखि निरन्तर रहेको यस प्रतियोगिताका विजेता कथाकारलाई यसपालिदेखि पुरस्कार राशि वृद्धि गरिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

“हामीले ६ वर्षसम्म प्रथम पुरस्कार विजेतालाई एक लाख रुपैयाँ प्रदान गर्दै आएका थियौँ,” उनले भने, “यो प्रतियोगिता नेपाली साहित्य लेखनमा सबैभन्दा ठूलो पुरस्कार भएकाले लेखकलाई थप प्रोत्साहन मिलोस् भनेर हामीले दुई लाख नगद दिने निर्णय गरेका हौँ ।”

यस वर्षको प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न १० भन्दा बढी मुलुकबाट गरी एक हजार १६८ कथा प्राप्त भएका थिए ।

नेपालसहित भारतका असम, दार्जिलिङ, दिल्ली तथा अन्य मुलुकहरू चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, इन्डोनेसियालगायत देशमा बसोबास गर्ने नेपाली भाषी कथाकारले सहभागिता जनाएका थिए ।

ती कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५९ कथा प्रारम्भिक चयन गर्दै बाह्य निर्णायक समूहलाई हस्तान्तरण गरेको थियो । आन्तरिक निर्णायक समूहका संयोजक तथा बाह्रखरी मिडियाका विचार सम्पादक गोविन्द अधिकारीले विभिन्न मुलुकबाट प्राप्त कथाले नेपाली समाज, सामाजिक विकासलाई फरक-फरक दृष्टिकोणले हेरेको पाइएको बताए ।

“समाजमा जस्तो प्रकारका घटना र सामाजिक विकास भइरहेको छ, कथाले तिनैलाई टपक्क टिपेको हामीले पायौँ,” उनले भने, “समाजमा भइरहेका परिवर्तन र आन्दोलनलाई पनि कथाले प्रतिनिधित्व गरेको छ ।”

आन्तरिक निर्णायक समूहले छानेका ५९ कथामध्येबाट साहित्यकार अशेष मल्लको नेतृत्वमा रहेको बाह्य निर्णायक समूहले २५ कथासहित प्रथम, द्वितीय र तृतीय कथा छनोट गरेको थियो । कथाकारहरू मञ्जु काँचुली र अभय श्रेष्ठ बाह्य निर्णायक समूहका विशिष्ट सदस्य रहेका थिए ।

उत्कृष्ट २५ कथाका कथाकारहरूमा वर्णानुक्रमानुसार क्रमशः अनिता कोइराला, अनिता पन्थी, अमित घिमिरे, अविनाश भट्टराई, इन्द्रप्रसाद गोतामे (जगतजंग), उमा शर्मा, उमेश श्रेष्ठ, ऋतेश गुरुङ, कृष्णराज सर्वहारी, चेतनाथ आचार्य, जमुना भट्टराई, टीकाराम पोखरेल, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, प्रज्ञा निरौला, भोगेन्द्र लिङ्देन, मन्दिरा मधुश्री, लक्ष्मण सिटौला, वसन्तबायुङ राई (नाम्दोचा), विष्णु एस राई, शिवराज शाही, शेखर दहित, सीता पाण्डे, हरिबोल काफ्ले र डा. हिमलाल श्रेष्ठ रहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More