― Advertisement ―

Nintendo’s Switch 2 को मूल्य सेप्टेम्बर 1 मा AU$769.95 मा बढ्दै छ – जसले EOFY को लागि यो AU$629 सम्झौतालाई अझ आकर्षक बनाउँछ।

निन्टेन्डोले मे मा घोषणा गर्‍यो कि यो चाँडै नै अष्ट्रेलियाली मूल्य बढाउने योजनाहरू यसको स्विच 2 कन्सोलको रूपमा "बजारको विभिन्न सर्तहरू" को रूपमा स्विच...
Homeराष्ट्रिय समाचारबूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ

बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ



२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् ।

प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

तोडफोडको आरोपमा पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ र आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका-२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।





Read More