― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsबागमती नदी करिडोरलाई उज्यालो बनाइने, सीसीटिभीमार्फत निगरानी गरिने

बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सीसीटिभीमार्फत निगरानी गरिने


बागमती करिडोर क्षेत्र । तस्वीर : अनलाइनखबर फाइल



९ मंसिर, काठमाडौं । बागमती नदी करिडोर अन्तर्गत गोकर्णदेखि बल्खुसम्मको क्षेत्रमा बिजुली बत्ती जडान गरी उज्यालो बनाइने भएको छ । सो क्षेत्रको निगरानीका लागि आधुनिक सीसीटिभी समेत जडान गरिनेछ ।

शहरी विकास मन्त्रालय अर्न्तगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण-बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सीसीटिभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्न लागेको हो ।

अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ती, ६ स्थानमा ४८ थान हाइमास्ट फ्लडलाइट जडान गरिने आयोजनाका उपनिर्देशक उद्धव नेपालले जानकारी दिए।

साथै तापक्रम, धुलो तथा पानी प्रतिरोधी र दिन-रात दुवै समयमा काम गर्ने १२० थान अत्याधुनिक प्रविधिका क्यामेरा जडान गर्ने तयारी भएको उनले बताए ।

बत्ती र सीसीटिभी जडान गर्ने निर्माण व्यवसायी छनोट गर्न समितिले लागि सोमबार टेण्डर आह्वान गरिसकेको छ । त्यसको सर्भर र मनिटरिङ्ग युनिट जिल्ला प्रहरी परिसर, काठमाडौंमा रहने छ ।

सीसीटिभी तथा बत्ती जडान भएपश्चात उक्त क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रीकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य छ । सीसीटिभी तथा बत्ती जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्ने विश्वास छ ।

बागमती करिडोरअन्तर्गत थापाथली-टेकु दोभान क्षेत्रमा भने सीसीटिभी जडानको काम भइसकेको नेपालले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More