― Advertisement ―

के यो काममा AI को लागि टिपिङ बिन्दु हो? नयाँ ग्यालप सर्वेक्षणले सबै अमेरिकी कर्मचारीहरू मध्ये आधा अब यसलाई कुनै न कुनै तरिकामा प्रयोग...

अमेरिकी कामदारहरूको आधाले अब उनीहरूले आफ्नो भूमिकामा एआई प्रविधिको कुनै न कुनै रूप प्रयोग गरेको बताउँछन्, संख्यालाई पहिलो पटक महत्वपूर्ण बिन्दुमा धकेल्दै।नयाँ Gallup अनुसन्धान...
HomeLatest newsएमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने

एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने



९ मंसिर, काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी शुल्कमा सीमा तोकेको छ । संगठन विभागले उम्मेद्वारी शुल्क एक हजार भन्दा बढी नउठाउन निर्देशन दिएको छ।

केही जिल्लाहरुमा अस्वभाविक शुल्क लिइएको गुनासो आएपछि शुल्क सीमा तोकेको हो। संगठन विभागले प्रतिनिधि छनोट १३ मंसिरमै सक्न पनि निर्देशन दिएको छ।

त्यसका निम्ति सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य प्रकाशन गर्ने, त्यो सूची केन्द्रीय संगठन विभागलाई जानकारी गराउने र १२ मंसिर साँझसम्म सर्वसहमतिको प्रयास गर्न निर्देशन दिइएको छ।

आगामी मंसिर २७-२९ मा हुने एघारौं महाधिवेशनका १३ मंसिरमा एकैदिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछ । महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More