― Advertisement ―

युके सुरक्षा एजेन्सीले आधिकारिक रूपमा पासकीहरू पासवर्ड भन्दा उच्च घोषणा गर्दछ – पासकीहरू प्रमाणीकरणको लागि ‘पहिलो छनौट’ हुनुपर्दछ

द सुपर सेक्युरिटी सेन्टरको आधिकारिक रूपमा साइबर सेन्टरको आधिकारिक रूपमा पास भएको छ। परम्परागत पासवर्डहरू।पासकीहरूले यन्त्र-भण्डार गरिएका क्रिप्टोग्राफिक कुञ्जीहरू प्रयोग गर्छन्, प्रायः बायोमेट्रिक्सद्वारा अनलक...
HomeLatest news‘पुस्तान्तरण भनेर मात्रै हुँदैन, नेतृत्वमा सबैले पत्याउने मान्छे चाहिन्छ’

‘पुस्तान्तरण भनेर मात्रै हुँदैन, नेतृत्वमा सबैले पत्याउने मान्छे चाहिन्छ’



जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली पदबाट हट्न चाहेका छैनन् । यही मंसिर अन्तिम साता हुने महाधिवेशनबाट उनी दोहोरिने तयारीमा छन् । अध्यक्षमा ईश्वर पोखरेलले पनि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । जेनजी आन्दोलन र एमालेका राजनीतिबारे एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईसँग अनलाइनखबरका हरि अधिकारीले गरेको संवाद :

२३ र २४ भदौमा जेनजी विद्रोह भयो । यो विद्रोह र त्यसपछिको परिस्थितिलाई कसरी हेर्नु भएको छ ?

भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित युवाहरूले २३ भदौमा सुरु गरेको आन्दोलन हाइज्याक हुँदा देश अहिले संकटमा पुगेको छ । यो अवस्थामा पुर्‍याउनका लागि देशी–विदेशी शक्तिले काम गरे । युवाको आन्दोलनलाई भड्काएर राज्यका सबै संरचनामाथि प्रहार भयो । अस्थिरता मच्चाउने तत्वले घुसपैठ गरी राज्यका संवैधानिक र प्रशासनिक अंगहरूलाई कमजोर बनाए ।

लामो समयदेखि समाजमा ‘नकारात्मकताको खेती’ भइरहेको थियो । देशमा केही पनि भएन भन्ने भाष्य निर्माण गरियो । दोस्रो जनआन्दोलनपछि देशमा धेरै राम्रा र सकारात्मक परिवर्तन भएका छन् । तर भएका कामलाई ढाकछोप गरेर केही भएन भन्ने भाष्य निर्माण गरियो ।

नेपालमा अराजकता मच्चाउन चाहने र दलहरू बलियो भएको हेर्न नचाहने शक्तिहरूले संगठित रूपमा अनेकन बहानामा नेपालमा भएको परिवर्तनमाथि हमला गरे । देशी–विदेशी शक्तिहरूको खेल मैदान बनाउन डिजिटल प्लेटफर्मको दुरुपयोग गरियो । कस–कसका कुन–कुन देशका फन्डिङबाट कस्ता–कस्ता संस्थाहरू कहिलेबाट सञ्चालित रहेछन्, को–को त्यसमा सामेल रहेछन्, के–के बहानामा क्रियाशील रहेछन् भन्ने कुरा त सबै सतहमा आइसकेका छन् ।

आन्तरिक कमजोरी पनि त भयो नि सरकारको होइन ?

निश्चय नै हाम्रा कमजोरीहरू छन् । नेपालमा शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट हामीले ठुल्ठूला परिवर्तनहरू गरेका छौँ । ती परिवर्तन शान्तिपूर्ण संघर्षबाट भएका छन् । जेनजी विद्रोहमा बाहिरी हस्तक्षेप भयो ।

जेनजी विद्रोहले सुशासन र राजनीतिक नेतृत्वमा रिफर्म खोजेको होइन ?

जेनजी आन्दोलनले रिफर्म मागेको छ । हामी लगातार रिफर्म हुँदै आएका छौँ । हामी नियमित महाधिवेशन गर्छाैं । महाधिवेशनबाट नयाँ ताजा नेतृत्व निर्माण गर्छाैं । ताजा समसामयिक र सान्दर्भिक नीतिहरू हामी निर्माण गर्छाैं । जेनजी पुस्तालाई नेकपा एमालेले नवौँ राष्ट्रिय महाधिवेशनयता नै लगातार संगठनको संरचनामा राखेको छ । सबै संरचनाहरूमा युवालाई समावेश गरेर अघि बढेका छौं ।

अहिले जेनजी मुभमेन्ट पछाडि स्वाभाविक रूपमा राज्यको सम्पूर्ण संरचना हल्लिएको अवस्था छ । प्रभावित भएको अवस्था छ । एकपटक सबैलाई सोच्न बाध्य चाहिँ बनाएको अवस्था छ । अब बिल्कुलै नयाँ ढंगबाट अगाडि बढ्न पनि रिफर्म हुनुपर्छ । नेकपा एमाले समग्र परिस्थितिको समीक्षा गर्दै राष्ट्रिय महाधिवेशनमा जाँदैछ र राष्ट्रिय महाधिवेशनबाट आफूलाई रिफर्म गर्छ ।

जेनजी आन्दोलनको मुख्य एजेन्डा राजनीतिक नेतृत्वमा पुस्तान्तरण थियो । एमालेको अबको महाधिवेशनले पुस्तान्तरण गर्न गर्छ त ?

जेनजी आन्दोलनले पुस्तान्तरणको माग उठाएको छ । तर यसमा सिलसिला हुन्छ । त्यसको सान्दर्भिकता, औचित्य हुन्छ । नेतृत्व भनेको एउटा खास उमेर समूहको मान्छेलाई थपक्क एउटा पदमा राखिदिएर हुँदैन । लिडरसिप लिनको निम्ति, नेतृत्व निर्माण हुनको निम्ति धेरै कुरा जोडिन्छ । विचारको कुरा, दृष्टिकोणको कुरा, अडानको कुरा, परिपक्वताको कुरा, योग्यता क्षमताको कुरा आवश्यक हुन्छ । सबैले फलानाले नेतृत्व गर्नसक्छ भन्ने विश्वास हुनुपर्छ । हामी उसको नेतृत्वमा हामी अगाडि बढ्न सक्छौँ भन्ने विश्वास नेतृत्वले दिन सक्नुपर्छ । त्यस्तो व्यक्तित्वलाई उमेरले रोक्दैन ।

जेनजी पुस्ताको कोही युवालाई नेकपा एमालेको अध्यक्षमा राखिदिएर एमाले पूरै धमाकाका साथ अगाडि बढ्ने भन्ने हुँदैन । त्यस्तो खालको प्राविधिक कुराबाट राजनीति चल्दैन ।

नेकपा एमालेले पुस्तान्तरणको कुरा, हस्तान्तरणको कुरा, जेनजी युवाहरूलाई समेट्ने कुरा अघि बढाएको छ । महाधिवेशनमा जेनजी युवाहरूलाई प्रतिनिधि बन्नको निम्ति विशेष व्यवस्था नेकपा एमालेले गरेको छ । यो महाधिवेशनमा जेनजीलाई ठूलो मात्रामा केन्द्रीय नेतृत्वमै लिएर आउने खालको तयारी गरेको छ ।

यसको मतलब आगामी नेतृत्वमा ओली बाहेक अरू हुँदैन भन्ने हो ? 

मुलुकमाथि यत्रो हमला भयो । यो परिस्थितिमा लोकतन्त्रको लागि, संविधानको रक्षाको लागि र देशलाई बचाउनको लागि बोल्न सक्ने, उभिन सक्ने नेता केपी ओली हो । कुनै पार्टीका नेताहरू नउभिएको, नबोलेको समयमा केपी ओली ठिङ्ग उभिएर देशको रक्षार्थ लोकतन्त्र, संविधानको रक्षार्थ उभिनु भएको छ ।

यो परिस्थितिको सिर्जना पनि त ओलीकै कारण भएको भन्छन् नि ?

अहिलेको परिस्थिति केपी ओलीका कारण सिर्जना भएको हाइन । तर हमाला उहाँमाथि केन्द्रित भयो । उहाँ लगातार लोकतन्त्र, संविधान, गणतन्त्र, देशको स्वाधीनता, स्वाभिमान, अखण्डता र भूमिको पक्षमा उभिनु भएको छ । उहाँ छिमेकी मुलुकका समकक्षीहरूसँग आँखा जुधाएर बोल्नुभयो, उभिनुभयो । त्यस कारणले उहाँमाथि हमला भयो र दोष उहाँमाथि लाउन खोजियो । किनभने, देश बलियो हुँदै गयो, राजनीतिक स्थायित्वको बाटोमा मुलुक अगाडि बढ्न खोजेपछि हमला भएको हो ।

यो परिस्थिति सिर्जना गर्न पहिलेदेखि नै षड्यन्त्र भएको थियो । जसले निराशा मात्रै बाँडे, निराशाको मात्रै खेती गरे । जसले देशमा भएको सुधार र परिवर्तनलाई देखाएनन् । नकारात्मकताको खेती गरे । त्यसकारण यो परिस्थिति सिर्जना भएको हो । एउटा परिस्थितिमा टेकेर प्रहार भएको छ । त्यसो हुँदा केपी ओलीलाई सम्पूर्ण दोष दिने कुरा गलत हो ।

अब फेरि केपी ओलीलाई केन्द्रमा राखेर सबै लोकतान्त्रिक शक्ति, सबै दल एक ठाउँमा उभिनुको विकल्प छैन । लोकतन्त्रको रक्षा गर्न, संविधानलाई ट्र्याकमा ल्याउन र प्रतिगामी कदमहरूलाई सच्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस तुरुन्तै उठेर आउनुपर्छ । अन्य दल पनि उभिनुपर्छ ।

आन्दोलनपछि बनेको सरकारले २१ फागुनमा निर्वाचन तोकेको छ । अन्य सबै दलहरू निर्वाचनमा जाने निर्णय गरेसके । तपाईंहरू चाहिँ सडकमा हुनुहुन्छ नि ?

पहिलो कुरा, यो सरकार चुनाव गराउनको निम्ति बनेको नै होइन । यो सरकार नेकपा एमाले, नेपाली कांग्रेस लगायतका प्रमुख लोकतान्त्रिक शक्तिहरूलाई माटोमा मिलाउनको निम्ति बनेको हो । अर्कै कोर्समा मुलुकलाई लिएर जान बनेको हो । त्यसकारण यो सरकारले सरक्कै फागुन २१ मा चुनाव गराउँदैन ।

दोस्रो, निर्वाचन गराउनको निम्ति यो सरकारले वातावरण बनाइराखेको छैन । अहिलेसम्म पनि दलका नेतालाई तर्साउने, थुन्न खोज्ने, स्थान हद तोक्ने र विभिन्न खाले टर्चरहरू गर्ने काम भइरहेको छ ।

जेनजी आन्दोलनमा लुटिएका गोलीगठ्ठा कहाँ छन् भन्नेतिर यो सरकारको ध्यान छैन । साढे ५ हजार भन्दा बढी कैदीहरू बाहिर छन् । त्यसको बारेमा ध्यान छैन । १२०० भन्दा बढी हतियारहरू बाहिर छन्, त्यसका बारेमा कुनै चासो छैन । बरु लोकतान्त्रिक दलका नेताहरूलाई शान्तिपूर्ण कार्यक्रममा जानको निम्ति बन्देज गराउने वातावरण बनाइराखेको छ । एमाले निर्वाचनबाट भाग्ने दल होइन । तर सरकारले चुनावको वातावरण बनाएको छैन ।

कांग्रसेले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरिसक्यो नि ?

नेकपा एमाले चुनावको विपक्षमा छैन । एमाले चुनावको एउटा मैदानमा छ भन्ने अर्थमा बुझ्दा हुन्छ । एमाले जनताको बीचमा ओर्लिसकेको छ । तर हामी न्यूनतम वातावरण बन्नुपर्छ भन्ने पक्षमा छौँ । त्यो वातावरण नबनेसम्म निर्वाचन सम्भव छैन ।

निर्वाचनको वातावरण बनाउने दायित्व त एमालेको पनि होला नि ?

नेकपा एमालेको पनि हो । तर वातावरणको लागि शान्ति कायम गर्नुपर्याे । सुरक्षाकर्मीको मनोबल बलियो हुनुपर्याे । उनीहरूले काम गर्ने खालको वातावरण बनाउनुपर्याे । तर अहिलेसम्म वातावरण बनेको छ ? प्रहरी संगठनको मनोबल उठाउन सरकारले तयारी गरेकै छैन । अझ सिमराको घटनाले त्यो वातावरण बनाउनेतिर सरकारको ध्यानै छैन भन्ने देखाउँछ ।

सबभन्दा पहिला सुरक्षा निकायको मनोबल बलियो बनाउनु पर्याे । मेजर दलहरूसँग वार्ता संवाद गर्नुपर्याे । एउटा सर्वपक्षीय छलफलको माध्यमबाट एउटा सहमतिको बाटो निर्माण गरेर चुनावमा जानुपर्याे नि । बलपूर्वक २१ गते गराएरै छोड्छु भनेर मात्रै हुन्छ र ? त्यसकारण हामीले चुनावको सम्भवना देखेका छैनौँ ।

अन्त्यमा, एमाले महाधिवेशन हुँदैछ, तपाईंको उम्मेदवारी केमा रहन्छ ?

उम्मेदवारी घोषणा गर्ने बेला त भइसकेको छैन । तर म ११औँ राष्ट्रिय महाधिवेशनको पदाधिकारीको  स्वाभाविक उम्मेदवार पक्कै हो । दशौँ राष्ट्रिय महाधिवेशनमै पदाधिकारीको निम्ति म क्वालिफाइड भइसकेको व्यक्ति हुँ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More