― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
HomeLatest newsप्रहरीमा ६ एसएसपी खाली, २ अंक काटिएका बस्नेतसहित १७ जना प्रतिस्पर्धामा

प्रहरीमा ६ एसएसपी खाली, २ अंक काटिएका बस्नेतसहित १७ जना प्रतिस्पर्धामा


नक्सालस्थित नेपाल प्रहरी हेडक्वार्टर । तस्वीर : नारायण अधिकारी/अनलाइनखबर



१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीमा ६ वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त भएको छ ।

भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले डीआईजी बढुवाका लागि सिफारिस भएपछि ५ एसएसपी रिक्त भएको हो ।

बुधबार मात्रै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत अर्का एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि रिक्त एसएसपीको संख्या ६ पुगेको छ । रिक्त ६ एसएसपी पदका लागि बढुवा सिफारिस समितिले गृहकार्य सुरु गरेको छ ।

अहिले बढुवा सिफारिस भएका डीआईजीहरू बढुवा भएर दर्ज्यानी चिह्न लगाएको अवस्था र रानाभाटको राजीनामा स्वीकृत भएपछि एसएसपीमा बढुवा गर्नेगरी तयारी अघि बढाइएको छ ।

बढुवा सूचीको पहिलो नम्बरमा बिमल बस्नेत छन् । उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् । बस्नेत यसअघि पनि पटकपटक बढुवामा छुट्दै आएका थिए ।

पछिल्लो पटक गत साउनमा भएको बढुवामा छुटेपछि बस्नेतले बढुवा सिफारिसविरुद्ध उजुरी नै दिएका थिए ।

बढुवा सिफारिसको सूचना सार्वजनिक भएको मितिले ७ दिनभित्र उजुरी गर्न सकिने व्यवस्था प्रहरी नियमावली २०७१ मा उल्लेख छ । सोहीअनुसार उनले उजुरी गरेका थिए । आफू सिनियर हुँदाहुँदै पटकपटक बढुवामा छुटाइएको उनको तर्क थियो ।

५ साउनमा बढुवा सिफारिस समितिले ११ जना एसपीलाई बढुवाका लागि सिफारिस गर्दा बस्नेत छुटेका थिए ।

त्यतिबेला तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल बढुवाका लागि सिफारिस भएका थिए ।

आफूभन्दा ५ वर्ष जुनियर बढुवा हुँदा पनि छुटाइएको आरोप बस्नेतको छ । बस्नेत यसअघि कर्णाली प्रदेशको ट्राफिक प्रमुख हुँदा आर्थिक अनियमिततामा मुछिएका थिए । त्यसपछि एक वर्ष बढुवा रोक्का गरिएको थियो । रोक्काको अवधि सकिँदा पनि पटकपटक छुटाइएको आरोप उनको छ ।

बस्नेतले दिएको उजुरीमाथि छानबिन भएर फर्स्योट पनि भइसकेको छ । उजुरीअनुसार बढुवा सिफारिस तलमाथि भएन । त्यसो हुँदा बस्नेतको कार्यसम्पादन मूल्यांकनको अंकबाट थप २ अंक घट्ने निश्चित छ ।

बढुवा सिफारिसविरुद्ध दिएको उजुरी पुष्टि नभए पनि अंक घट्ने प्रहरी नियमावलीमा उल्लेख छ । पुष्टि नभए पहिलो पटक उजुरी गर्नेको २ अंक काटिने र दोस्रो पटकदेखि ३ अंकका दरले अंक काटिने व्यवस्था नियमावलीमा छ ।

जसअनुसार बस्नेतको २ अंक काटिएको छ । २ अंक कट्ने भएकाले बस्नेत यो पटक पनि बढुवामा पर्छन्/पर्दैनन् भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।

बस्नेतपछि दोस्रो नम्बरमा रामप्रकाश शाह प्रतिस्पर्धामा छन् । उनी पनि राष्ट्रिय अनुसन्धान विभागमा २०५५ सालमा भर्ना प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् ।

त्यसपछि भने २० माघ २०७७ मा एसपी भएका अधिकृतहरू बढुवाको प्रतिस्पर्धामा छन् ।

जसमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही छन् ।

उनीहरूमध्येबाटै ६ जना एसएसपी बन्ने छन् भने बाँकी एसपीमै रहने छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More