― Advertisement ―

र्याम संकटले भर्खरै नथिंगको अर्को बजेट फोनलाई मारेको छ – CMF फोन 3 प्रो सह-संस्थापकको रूपमा खारेज गरियो ‘हामी यस्तो फोन बनाउन सक्दैनौं जुन...

एउटा नयाँ फोनले घोषणा गरेको छ ex'F CM ले केही पनि नहोस् भनेर घोषणा गरेको छ। वर्षउनीहरू भनिरहेका छन् कि चलिरहेको RAM संकट दोषी...
HomeLatest newsप्रधानन्यायाधीश राउत – KhabarHost

प्रधानन्यायाधीश राउत – KhabarHost



२४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशील बन्दै गइरहेको उनले बताए ।

उनले मानवअधिकारमा राजननीति प्रवेश गरेमा त्यो विषाक्त हुने पनि बताए ।

‘मानवअधिकारमा राजनिति प्रवेश भयो भने वातावरण विशाक्त हुन्छ, आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्त्व र यसको ओजमा निसन्देह असर पुग्ने नै हुन्छ । त्यसैले निजी विचार, व्यक्तिको आस्था भन्दा माथि उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन हुन सक्छ । विषाक्त राजनितिको चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई तपाईंहरूले अलग्याउनुपर्छ,’ उनले भने ।

उनले गत २४ भदौको जेनजी आन्दोलनको क्रममा अदालत, बार एसोसिएसन सबै जलाइएको बताए । आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पत्ति दुवै जलेको उनको भनाइ छ । अदालत, अदालतमा भएका हजारौँ मुद्दाका मिसिलहरू जलाइए पनि अदालतले दिने न्याय र निष्ठा नजल्ने उनले बताए ।





Read More