― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsजेनजी आन्दोलनमा शहरी विकासका मात्र ३२० संरचनामा क्षति

जेनजी आन्दोलनमा शहरी विकासका मात्र ३२० संरचनामा क्षति


राष्ट्रिय

समाचार.

  • शहरी विकास मन्त्रालयका ३२० संरचनामा जेन जी आन्दोलनका क्रममा क्षति पुगेको छ।
  • १२५ संरचनामा सामान्य, १०० मा आंशिक र ४४ मा पूर्ण क्षति भएको मन्त्रालयले जनाएको छ।
  • मन्त्री कुलमान घिसिङले पुनर्निर्माणमा तीन/चार वर्ष नलाग्ने गरी छिटो काम गर्न निर्देशन दिनुभयो।

२४ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा शहरी विकास मन्त्रालयका मात्र ३२० संरचनामा क्षति पुगेको पाइएको छ ।

शहरी विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा यस्तो जानकारी दिइयो ।

मन्त्रालयका अनुसार आन्दोलनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्र रहेका १२५ वटा संरचनामा सामान्य क्षति (हरियो स्टिकर), १०० वटामा आंशिक क्षति (पहेँलो स्टिकर) र ४४ वटामा पूर्ण क्षति (रातो स्टिकर) पुगेको थियो ।

त्यस्तै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको कार्य क्षेत्रभित्र रहेको राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास सिंहदरबार, मन्त्री निवास, संसद भवनलगायतका ५१ संरचनामा क्षति पुगेको थियो । त्यसमध्ये १५ वटा हरियो, २९ पहँलो र ७ रातो स्टिकरवाला रहेका छन् ।

विभागका कार्यक्षेत्रमा रहेका हरियो स्टिकरवाला भवनमध्ये ८ वटाको मर्मत सम्पन्न भएको छ भने ३८ वटा अन्तिम चरणमा छन् । पहँलो र रातो स्टिकरवाला भवनको परामर्शदाता नियुक्त गरी क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ ।

एक महिनाभित्र मूल्याङ्कन सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । बैठकमा शहरी विकास मन्त्री कुलमान घिसिङले सरकारी तथा सार्वजनिक संरचनाको पुनर्स्थापना र पुनर्निर्माणका लागि तीन/चार वर्ष लगाउन नहुने भन्दै छिटो अगाडि बढाउन निर्देशन दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More