― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsप्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै

प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै



२४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।

आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ ।

आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मंसिर २६ गतेसम्म चल्नेछ ।

नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ ।

मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ ।

२१ फागुनलाई तोकिएको प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी छ ।





Read More