― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsप्रतिनिधिसभा चुनाव : रवीन्द्र मिश्र पर्सा-३ बाट पनि सिफारिस

प्रतिनिधिसभा चुनाव : रवीन्द्र मिश्र पर्सा-३ बाट पनि सिफारिस


फाइल तस्वीर



८ पुस, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको नाम पर्सा क्षेत्र नम्बर ३ बाट पनि  सिफारिस भएको छ ।

प्रत्यक्ष तर्फ मिश्रको नाम काठमाडौं क्षेत्र नम्बर १ बाट पनि सिफारिसमा परेको छ । यस क्षेत्रबाट उनको नाम सिफारिस भएपनि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।

पर्सा क्षेत्र नम्बर ३ बाट मिश्रसहित ५ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको क्षेत्र नम्बर ३ का अध्यक्ष नरेन्द्रप्रसाद चौरिसयाले जानकारी  दिए ।

प्रत्यक्षतर्फ मिश्रसहित अंगद ठाकुर, नगिनाकुमार यादव, नरेन्द्रप्रसाद चौरसिया र दिपेश साह सिफारिस भएका हुन् ।

समानुपातिक अन्तर्गत मधेशी महिला तर्फ भने प्रियंकाकुमारी यादव र गुडिया देवीको नाम सिफारिस भएको छ ।

यसैगरी समानुपातिक अन्तर्गत मधेशी पुरुषबाट चन्द्रिका सहनी, सुजित त्रिपाठी र मुकेश साहको नाम सिफारिस भएको छ ।





Read More